ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

सकृय मनसुनपछिको पूर्व तयारी

१४ असार २०८१, शुक्रबार
१४ असार २०८१, शुक्रबार

अहिले देशैभरी मनसुन सकृय भएको छ । मनसुन सकृय भएको ठिक यही बेला प्राकृतिक प्रकोपको जोखिम बढ्दै गएको छ । देशका विभिन्न स्थानमा बाढी पहिरो र त्यसले पु¥याएको बिस्थापनको खतरा पनि बढ्दो छ । प्रकोपको बेला स्वाभाविक रूपमा दुर्घटनाका घटना बढेका छन् । खासगरी प्रकोपजन्य दुर्घटनाका कारण जनधनको क्षति भएको छ । यो बर्षको प्रकोपजन्य घटना बाढी, पहिरो र चट्याङका कारण अहिलेसम्म दुई दर्जन बढीको मृत्यु भएको छ । पहाडी क्षेत्रमा पहिरो गएर घर नै पुरिएको अवस्था छ । त्यसबाट हरेक बर्ष ठूलो मानवीय क्षति हुँदै आएको छ । प्रदेश ट्राफिक कार्यालयका अनुसार मनसुन सकृय भैरहेको बेला हरेक बर्ष बर्षायाममा सवारी दुर्घटना बढी हुने गरेका छन् । प्राकृतिक प्रकोपको अहिलेको अवस्थामा सवै चनाखो बन्नु जरुरी छ । पहाडमा पहिरो र तराईमा बाढी हरेक बर्षायामको नियती नै हो । असारको पहिलो साताबाटै उन्पन्न प्राकृतिक प्रकोपले पहाड र तराईमा पहिरो र डुवान तथा बाढीको समस्या देखिएपछि फेरी एकपटक प्रभावितहरूको व्यवस्थापनको चुनौति थपिएको छ । प्राकृतिक प्रकोपले मानिसलाई जोखिम क्षेत्रमा बसोबास गर्नुहुँदैन भन्ने सिकाएको छ । यद्यपि बढ्दो जनसंख्या र अनेकथरी चुनौतिका कारण मानिस जोखिम बढी भएकै क्षेत्रमा बसोबास गर्न बाध्य भैरहेको छ । मानिसको बाँच्न पाउने हक सबैभन्दा ठूलो अधिकार हो तर मानिस आफ्नै लापरवाहीले प्राकृतिक प्रकोपको शिकार भैरहेको छ । असार महिना आधा पनि नहुँदै बाढी र पहिरोमा परि कैयौले ज्यान गुमाउन बाध्य भएका छन् । अहिले प्रत्येक दिनजसो पहाडी क्षेत्रमा पहिरोमा परेर ज्यान गुमाउनेहरूको संख्या बढेको बढ्यै छ । त्यसको तुलनामा तराईका जोखिम क्षेत्र भएरपनि केही सुरक्षित छन । बाढी र पहिरो हरेक वर्षायामको नियमित प्रकृया हो । यो जान्दाजान्दै पनि सावधानी अपनाएको पाईदैन् । सरकारले पनि जोखिम क्षेत्रमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा पुनस्र्थापित गर्न सजगता देखाएको छैन् । बर्षा सकिएपछि दुःख विर्सिने र अर्को वर्षको जोखिम सहन गर्न तयार हुनुपर्ने वर्षौदेखिको यो नियति नै हो । यस विषयमा सम्वद्ध निकायले ध्यान दिनैपर्दछ । होइन भने वर्षौदेखि चल्दै आएको यो प्रकृयाले मानव जीवनलाई नै संकटमा पार्ने निश्चित छ । मूख्यरूपमा पहाडी क्षेत्रमा बसोबास गरिरहेका जोखिम बस्तीलाई अन्यत्र सार्ने विषयमा सरकारी स्तरबाटै पहल जरुरी छ । त्यसका लागि दिर्घकालीन गुरुयोजना बनाएर काम अघि बढाउनुपर्दछ । नेपाल सरकारको यस विषयमा ध्यान पुग्नैपर्दछ । हरेक बर्षको बर्षायाममा पहिरोले घर पुरिने अवस्था अन्त्यका लागि जोखिम क्षेत्रको बस्ती स्थान्तरण मूख्य बिकल्प हो ।
अहिले प्रत्येक दिनजसो बर्षा भैरहेकोले पहिरोको जोखिम पनि बढ्दै गएको छ । यद्यपि बर्षायाममा पहाडमा पहिरो अहिले नियमित प्रकृयाजस्तै वनेको छ । तसर्थ पहिरो जोखिमको स्थान छुट्याएर बस्ती सुरक्षित स्थानमा सार्नेतर्फ ढिलाई गरिनु हुँदैन । अझैपनि समय छ । यो वर्ष थप क्षति हुन नदिनेतर्फको सचेतना आवश्यक छ । बाढी पहिरो जाने ठाउँमा बस्ती बसाउन नै नदिने गरी कडा नियम वनाउन सकिएको अवस्थामा पनि प्रकोपबाट हुने मानवीय क्षति न्यूनिकरणमा मद्दत पुग्नेछ । तसर्थ सरकार र सम्वद्ध प्रदेश तथा स्थानीय तहले पहिरो र बाढीबाट जोगिन आवश्यक पर्ने सतर्कताका काम गर्न ढिलाई गर्नुहुँदैन । प्राकृतिक प्रकोपजन्य बिपदका घटना नियन्त्रणका लागि सामूहिक पहल आवश्यक छ । सवैभन्दा पहिला नागरिक आफूपनि जोखिम क्षेत्रमा रहेको बसोबास सुरक्षित स्थानमा सार्नेतर्फ पहल गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?