ट्रेंडिंग:

>> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा >> पाल्पामा डढेलो निभाउने क्रममा आगोमाथि खसेर ६१ वर्षीय पुरुषको ज्यान गयो >> अमलाको मूल्यमा ५० रुपैयाँको वृद्धि >> माईती गाँउमा प्रचण्ड >> बाँकेमा विद्युतका कर्मचारी कुट्ने तीन जनाविरुद्ध मुद्दा >> ‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छः प्रधानमन्त्री ओली >> बिक्की कौशलको ‘छावा’ को विश्वव्यापी कलेक्सन ८०० करोड बढी >> ११ औ वर्षप्रवेशसंगै निर्भाना बुटवलमा >> आज एकैदिन ३९०० ले घटयो सुनको मुल्य >> सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान
मुख्य समाचार

अकबरे खुर्सानीको प्रशोधन कहिले ? किसानले मूल्य पाउनै छाडे

किसानले उत्पादन गरेको खुर्सीनी प्रशोधन गर्ने, धुलो बनाउने, सुकाउने, अचार बनाउने गरी प्रसोधन उद्योग दर्ता गरेर सञ्चालनमा ल्याउने तयारी गरेका थिए । तर प्रदेश सरकारबाट सम्झौता बमोजिम बजेट उपलब्ध नगराएका कारण उद्योग सञ्चालन हुन सकिरहेको छैन् ।
३१ आश्विन २०७९, सोमबार
३१ आश्विन २०७९, सोमबार

बुटवल, असोज । पाल्पाको रिब्लकोट गाउँपालिकाई अकरे खुर्सानीको ‘हब’ बनाउने गरी गाउँपालिकाले योजना बनायो । अघिल्लो आर्थिक बर्षमा गाउँपालिका प्रदेशको कृषि ज्ञान केन्द्रले समेत किसानालाई सहयोग ग¥यो । निर्वतनमा गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीका अनुसार पालिकामा प्रसोधन केन्द्र समेत स्थापना भएको छ । स्थानीय जनक आचार्यको संयोजकत्वमा रिब्दीकोट अकबरे खुर्सी उत्पादन तथा प्रसोधन उद्योग स्थापना भएको भएपनि उक्त उद्योग सञ्चालनमा आउन नसक्दा किसानको उत्पादनले बजार भाउ (मूल्य) नपाएको हो ।
पुर्व अध्यक्ष जिसीका अनुसार अघिल्लो आर्थिक बर्षमा संकलन केन्द्रमार्फत करिव ८० लाख भन्दा बढिको अकबरे खुर्सानी विक्रि भएको थियो । रुपन्देहीमा उद्योग रहेको एशोधा फुड्स कम्पनी प्रालि(करेन्ट चाउचाउ)ले त्यहाँ खेती गरेका किसानहरुको अकबरे खुर्सीनी खरिद गर्दै आएको छ ।

गाउँपालिका उत्पादन भएको अकबरे खुर्सिनीको बजार मुल्य अघिल्ला बर्षहरुमा भन्दा यो बर्ष घटेको छ । अघिल्लो बर्षमा एशोधा फुड्ले २ सय ८० रुपैयाँ प्रतिकिलोमा खरिद गर्दै आएकोमा यो बर्ष १ सय २० रुपैयाँका खरिद गर्ने गरेको गाउँपालिका कृषि शाखा प्राविधिक रञ्जीव कुँवर बताउँछन् ।
पछिल्लो समयमा गाउँमा किसानहरुले उत्पादन गर्ने तर बजारीकरण गर्न नजान्दा किसानको उत्पादनले उचित मुल्य नपाएको उनको भनाई रहेको छ । उत्पादन भएको खुर्सानी सुकाउने, धुलो बनाउने, अचार बनाउने र विक्रि वितरण गर्नुपर्नेका किसानहले बोटमा पाँकेको खुसानी र हरियोमा नै विक्रि गर्दे जाँदा उचित मुल्य नभएको दावि प्राविधिकको रहेको छ ।

गाउँपालिकाका निर्वतमान अध्यक्ष नारायण बहादुर जिसीका अनुसार किसानले उत्पादन गरेको खुर्सीनी प्रसोधन गर्ने, धुलो बनाउने, सुकाउने, अचार बनाउने गरी प्रसोधन उद्योग दर्ता गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको भएपनि प्रदेश सरकारबाट सम्झौता बमोजिम उचित रकम प्राप्त नभएको कारण सञ्चालन गर्न नसकीएको बताउँछन् ।

गाउँपालिकालाई अकरे खुर्सानीको हव बनाउने गरी योजना बनाएर पालिकाको पहलमा ३० लाख प्रदेश सरकार, कृषि ज्ञान केन्द्र पाल्पाको सहयोगमा उद्योग सुरुवात भएपनि त्यसालाई पूर्ण रुपमा सञ्चालन गर्न नसकीएको उनको भनाई रहेको छ । आर्थिक अभावमा किसानले थप रकम जम्मा गर्न नसक्ने सञ्चालन खर्च, प्राविधिक खर्च समेत महंगो भएको समेत भएको कारण थप समस्या भएको बताईन्छ ।्
पालिकामा करिव ७ सय रोपनी भन्दा बढि क्षेत्रमा अकबरे खुर्सानी खेती हुदै आएको छ । जसमा ५ सय ५० भन्दा बढि किसानहरु संलग्न रहेको पालिकाको कृषि शाखाले जनाएको छ । कृषि शाखा नायव प्राविधिक सहायक रञ्जीव कुँवरका अनुसार उत्पादन बढि भएको कारण पनि बजार भाउ किसानले उचित नपाएको बताउँछन् । उनी भन्छन–‘पहिला किसानलाई खेती गर्नको लागि अग्रीम रकम दिएर पनि कम्पनी ठेकेदारले कुर्सानी रोप्न भनेको रहेछ, अहिले धेरै किसानले खेती गर्दा उत्पादन राम्रो भयो, भाउ भने घटेको छ । ’ बजारमा समेत यसको भाउ विस्तारै घटेको उनको भनाई रहेको छ ।

पाल्पा जिल्लाको पालुङमैनादीको मैनादी, माथागढीको रुप्से, तिनाउको चर्चरे, बगनासकालीको बराङ्दीलगायतका स्थानमा अकबरे खुर्सानी खेती गरिदै आएको छ । माथागढी गाउँपालिका–२, रुप्सेमा कम्तीमा २ सय रोपनीमा अकबरे खुर्सानी खेती गरिएको छ । पालुङमैनादीका एकै जना किसानले १ सय ९० रोपनीभन्दा बढी जग्गामा अकबरे खुर्सानी लगाएका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चक्लाबन्दी कार्यक्रमले यस वर्ष अकबरे खुर्सानीको व्यावसायिक खेती गर्न हौस्याए हो । माथागढी गाउँपालिका रुप्सेको माडी बहुउद्देश्यीय कृषि सहकारी संस्थाका किसानले लगाएको खुर्सानी पनि राम्रो फलेको छ । रिब्दीकोट–७, पालुङमैनादीको त्रिपुट पशु तथा कृषि बहुउद्देश्यीय फार्मका सञ्चालक जनक आचार्यले बाँझो जग्गा भाडामा लिएर अकबरे खुर्सानी लगाएका छन् ।
बाँदर आतङ्कले हैरानी बेहोरेका यहाँका कृषकले वैकल्पिक खेतीको रुपमा अकबरे खुर्सानी खेती गर्न थालेका हुन् । अन्नबालीलाई बाँदरले नष्ट गर्न थालेपछि वैकल्पिक खेतीका रूपमा गत वर्षदेखि पाल्पाका कृषकले अकबरे खुर्सानी लगाउन थालेका हुन् ।
रिब्दीकोटमा गत बर्ष मात्रै पाँच सय मेट्रिक टन खुर्सानीको उत्पादन गरिएको छ । अकबरे खुर्सानीको उत्पादन र बजारीकरण रिब्दीकोट गाउँपालिकाले सघाएको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्की बताउँछन् । अनुसार रिब्दीकोटको खुर्सानी पोखरा, बुटवल, नारायणगढ लगायतका ठूला बजारमा सञ्चालित विभिन्न अचार उद्योग तथा पसलमा खुर्सानी बिक्री भइरहेको छ ।

भारतबाट आएको छैन
कतिपय किसानहरुले भारतबाट अकबरे खुर्सानी आयात भएको र नेपाली उत्पादनले भाउ नपाएको दावि गर्दै आएको भएपनि भैरहवा भन्सार कार्यालय र महेपुर भन्सारबाट कुनै पनि खुर्सानी आयात नभएको प्लान्ट क्वारेन्टाईन कार्यालय भैरहवाले जनाएको छ ।
कार्यालय प्रमुख कुलदिप घिमिरेका अनुसार प्लान्ट क्वारेन्टाईनले विषादी चेकजाँच गरी छुट पुर्जि दिएपछि मात्रै भन्सारबाट आवश्यक राजश्वर तिरेर नेपालमा कृषि जन्य बस्तु आउने प्रावधन रहेको भन्दै विगत ३, ४ महिना यता कुनै पनि कुर्सानी भैरहवा र महेशपुर नाकाबाट नआएको बताए । ३, ४ महिना पहिला सुकेको रातो खुर्सानी(लाम्चो)मा केही टन आएको तर अहिले भने त्यो पनि रोकीएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%