© २०२३
बुटवल,१३ असार । बुटवलको न्यू होराइजन स्कूलका प्रवेश खनालले एसईईको नतिजामा जीपीए ४ ल्याएका छन् । न्यू होराइजनबाट ३३९ जनाले एसईई दिएकामा यो खबर तयार पार्दासम्म प्रवेशको मात्रै जीपीए ४ नतिजा देखिएको विद्यालयका प्रिन्सिपल लोकनाथ उपाध्यायले बताए । देशभर १८६ जनाले ४ जीपीए ल्याएका छन् । गत वर्षको तुलनामा यस वर्ष एसइईको नतिजा दोब्बर राम्रो सुधार आई ९८ प्रतिशत विद्यार्थी ग्रेडसहित उत्तिण भएका न्यू होराइजन स्कूलका शिक्षक प्रकाश गौतमले जानकारी दिए ।
पाल्पाको रैनादेवी छहरा गाउंपालिका ४ दागिल स्थायी घर भएका प्रवेश बुटवलमा रहेर कक्षा २ देखि न्यू होराइजन पढेका उनका काका लिला खनालले बताए । प्रवेशका बुबा नारायणबहादुर खनाल र आमा भगवती थापा खनाल सरकारी जागिरे हुन् । प्रवेश घरको एक्लो छोरा हुन् ।
परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये २ लाख ४२ हजार ३१३ जना विद्यार्थीले कक्षा ११ मा पढ्न नपाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड एनजी ल्याएका छन् ।