ट्रेंडिंग:

>> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा

‘रास्वपा ओली र प्रचण्डसंग भन्दा बालेनसंग मिल्नु ठीक’

१२ असार २०८१, बुधबार
१२ असार २०८१, बुधबार

काठमाडौं,१२ असार ।   राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री डा मुकुल ढकालले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सत्तामा सम्झौता गर्नुभन्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग मिल्नु पार्टीका लागि हितकर रहेको निष्कर्ष सहितको प्रतिवेदन तयार पारेका छन्।

३९ जिल्लाका नेता–कार्यकर्तासँगको समीक्षात्मक अन्तरक्रियापछि महामन्त्री ढकालले पुराना दलहरूसँग भन्दा स्वतन्त्रहरू सँगको सहकार्यलाई अगाडि बढाउनुपर्ने निचोड निकालेका हुन्। उनले उक्त प्रतिवेदन बुधबार साँझ सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई हस्तान्तरण गर्ने बताए।

महामन्त्री ढकालले २०८४ को निर्वाचनभन्दा पहिला नै काठमाडौंका मेयर बालेन शाह, धनगढी उपमहानगरका मेयर गोपी हमालसँग सहकार्यको हात फैलाउनुपर्ने उल्लेख गरेका छन्। स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरको मेयर जितेका हर्क साम्पाङबारे भने महामन्त्री ढकालको प्रतिवेदन मौन छ।

‘समीक्षा बैठकमा सहभागी अधिकांशको मत पनि बालेनसँगको सहकार्यलाई लिएर थियो। बालेनको टिमसँग हामी नियमित सम्पर्कमा रहे पनि बालेन आफैको भनाइअनुसार उनी राजनीतिमा छैनन्। र उनी स्थानीय तहका प्रमुख हुन्।

मेयर बालेन राजनीतिमा आउँछन् वा आउँदैन् भन्ने अहिलेको प्रश्न रहेको उनले बताएका छन्। राजनीतिमा आए फरक दल खोलेर आउँछन् कि आउँदैनन् भन्ने चासो आमनागरिकमा रहेको पाइएको महामन्त्री ढकालको भनाइ छ।

‘बालेन राजनीतिमा आए स्थानीय तह गैरदलीय हुनुपर्छ भनेर बोकेको आफ्नो राजनीतिक एजेन्डा त्याग्छन् कि त्याग्दैनन्। २०८४ को स्थानीय तह चुनावमा स्वतन्त्रहरूको छुट्टै टोली बनाएर स्थानीय त गैरदलीय हुनुपर्छ भन्ने आफ्नो अभियानलाई अगाडि बढाउन सक्छन्। बालेनले २०८९ को चुनावताका मात्रै आफ्नो पार्टी खोल्ने सम्भावना रहेको महामन्त्री ढकालको भनाइ छ।

मेयर बालेनसँगको सहकार्यको कुरा गरेर मात्र नपुग्ने उनी बताउँछन्। त्यसका लागि बालेनले उठाएका राजनीतिक एजेन्डामा पार्टी सहमत हुन्छ कि हुँदैन पनि उत्तिकै महत्त्वपूर्ण हुने उनको भनाइ छ।

‘हामी स्थानीय तहलाई गैरदलीय रूपमा अघि बढाउन तयार छौं कि छैनौं पनि महत्त्वपूर्ण छ। अराजनीतिकरणको मूल मुद्दा पार्टीको पनि भएकाले स्थानीय तह गैरदलीय हुनुपर्ने पार्टीको मूल मुद्दासँग मेल खाने उनले भनेका छन्।

पछिल्ला दिनमा अराजनीतिकरणको मुद्दा पार्टीले बिर्सिएको सन्दर्भ पनि उल्लेख गरेका छन्।

‘हामी हाम्रो मूल मुद्दा अराजनीतिकरणमा फर्कने, स्वतन्त्र पार्टी स्वतन्त्रहरूको पार्टी बनाउने, स्थानीय निकाय गैरदलीय बनाउनेमा सहमत हुँदै स्थानीय तह गैरदलीय बनाउने र स्वतन्त्र पार्टी पनि स्थानीय तह चुनावमा भाग नलिने हिम्मतसहितको निर्णय गर्न सके बालेनसँगको सहकार्य त्यति पर नरहेको उनले भने।

मेयर बालेनले उठाउँदै आएको बागमतीलगायत नदी किनारका अनधिकृत बस्ती हटाउने विषय सरकारमा भएकाबेला सहयोग गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।

सभापति रवि लामिछाने पहिलो पटक गृहमन्त्री भएका बेला पनि मेयर बालेनले बागमती लगायत नदी किनारका बस्ती हटाउने विषयमा छलफल भएको थियो। तर त्यतिबेला ठोस छलफल भने भएन।

अहिले सरकारमा भएका बेला बालेनलाई नदी तटका बस्ती हटाउन सहयोग गर्नुपर्ने उनले बताएका छन्।

‘त्यसो गर्ने हो भने बालेनसँगको सहकार्यको बाटो खोल्न सकिन्छ। बालेन, गोपी हमाल र हामी मिल्न सक्ने हो भने २०८४ मा स्पष्ट बहुमतको संकेत छ र यो मिलन २०८३ तिर मात्र हुँदा पुरानाले हामीविरूद्ध त्यति धेरै खेल्न सक्दैनन्। तर माहौल अहिलेबाटै बनाउन जरुरी रहेको उनले भनेका छन्।

बालेनसँग दूरी बढाएर अघि बढ्दा त्यसले पार्टीलाई थप क्षति मात्रै गर्ने उनले बताएका छन्।
ढकालले पार्टी विवेकशीलजस्तो क्षीण अवस्थामा पुग्ने सम्भावना देखाएका छन्।

इलाम क्षेत्र नम्बर २ को चुनावी परिणामपछि देशव्यापी कार्यकर्ता भेटका लागि निस्किएका महामन्त्री ढकालले यस्तो निष्कर्ष निकालेका हुन्।

देश दौडाहापछि महामन्त्री ढकाललाई प्रतिवेदन बुझाउने जिम्मा दिइएको थियो। ढकालले बुधबार साँझ ६ बजे सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाउने बताए।

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका सभापति लामिछाने बुझाउन तयार पारिएको प्रतिवेदनमा पार्टी दुर्घटनाउन्मुख रहेको निष्कर्ष निकालिएको छ।

उनले अहिले रास्वपासँग जनमत नभएको पनि उल्लेख गरेका छन्। यही जनमतका आधारमा राष्ट्रिय पार्टी बन्न हम्मे हुने उनको निचोड छ।
महामन्त्री ढकालले जेठ ६ गतेदेखि असार ५ गतेसम्म ३९ जिल्लाका नेता–कार्यकर्तासँग अन्तरक्रिया गरेका थिए।

त्यसक्रममा २०७९ जनाभन्दा बढीसँग दोहोरो अन्तरक्रिया गरेको उनले बताए।

८० किलोमिटर पैदल यात्रा र ४ हजार २१६ किलोमिटर सडक यात्रा गर्दै पार्टीको दुई वर्षे यात्रा समीक्षा गरेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission