© २०२३
काठमाण्डौ । काठमाडौंको साँखुस्थीत बज्रयोगिनी माईको १२ बर्षे कलेबर फेर्ने कार्यको बुधबारदेखि शुभारम्भ भएको छ । बज्रयोगिनी माईका मूलपूजारी लगाएतका पूजारीहरु तीनदिनसम्म चोखो बसेर पूजाआजा गरेपछि बुधबारबाट कलेबर फेर्ने कार्य शुभारम्भ भएको हो ।
कलेबर फेर्ने क्रममा भाद्र २० गतेसम्म बज्रयोगिनी माईको मुर्तिमा रङ्ग कोटन गर्ने, अङ्गन्यास गर्ने, प्राण प्रतिष्ठा गर्ने, सिन्दुरा चरण, शिराहुती लगाएतको प्रक्रिया हुने मन्दिरका पूजारी सिद्धिअष्ट बज्राचार्यले जानकारी दिए । सो क्रममा १२–१२ बर्षमा बिशेष पूजा हुने उनले बताए ।
कलेबर फेर्ने कार्य शुभारम्भ गर्नुअघि मुर्तिमा रहेको जीवलाई कलशमा प्रवेश गराउने परम्परा रहेको उहाको भनाइ छ । कलेबर फेर्ने क्रममा बज्रयोगिनीको मन्दिर बन्द गर्ने र भाद्र १ गतदेखि भाद्र १० गतेसम्म सोहि स्थानमा रहेको पापमोचन घाटमा दाहसंस्कार गर्न नमिल्ने सक्व बज्राचार्य संघले जनाएको छ ।