ट्रेंडिंग:

>> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित

रोल्पा नगरको योजना सामुदायिक विद्यालय सुधार वर्ष

११ असार २०८१, मंगलवार
११ असार २०८१, मंगलवार

रोल्पा, १० असार । रोल्पा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ लाई सामुदायिक विद्यालय सुधार अभियान वर्षको रूपमा मनाउने भएको छ । रोल्पा नगरपालिकाको १५ औं नगरसभाले आगामी वर्षलाई सामुदायिक विद्यालय सुधार वर्षको रूपमा अघि सारेको हो ।
यो कार्यमा संघीय सरकारको सामुदायिक विद्यालय सुधार दशक नीति, कार्यक्रम, कार्ययोजना तथा प्रदेश सरकारका शैक्षिक सुधारका कार्यक्रमसंग समन्वय तथा सहकार्य गरिने नगर सभाले पारित गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

जसका लागी उसले बालविकास केन्द्रको बसाइँ व्यवस्थापन, सिकाई उपलव्धी कम भएका विषयको अतिरिक्त समयमा शिक्षण सहजीकरण, विषयगत शिक्षकहरूको क्षमता विकास, विषयगत शिक्षकहरूको वैठक अन्तर विद्यालय सिकाई आदान प्रदान जस्ता कृयाकलाप समावेश गरेको छ । नगरपालिकाले विद्यालय सुधार वर्षका लागि माध्यमिक तहका विद्यार्थीहरूका लागी विज्ञ शिक्षक, प्रधानाध्यापकहरूवाट करियर काउन्सिलिङ तथा व्रिजकोर्स संचालन, विद्यालय सुधारयोजना निर्माण सम्वन्धि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई क्षमता विकास तालिमको संचालन गर्ने जनाएको छ ।

नगरपालिकाले वडा शिक्षा योजना निर्माण र कार्यान्वयनका लागि वडा शिक्षा समितिका अध्यक्ष र सचिवलाई अभिमुखिकरण, दोश्रो नगर शिक्षा योजना तयारी, पढ्दै कमाउदै, कमाउदै पढ्दै कार्यक्रम संचालन गर्ने भएको छ । सामुदायिक विद्यालय सुधार वर्षको रूपमा नगरपालिकाले समसामयिक शैक्षिक गतिविधिको प्रस्तुतीकरण तथा अर्धवार्षिक समीक्षा, दश वटै वडाका शैक्षिक सिकाई उपलव्धी कम भएका विद्यालयको वस्तीहरूमा अभिभावक शिक्षा कार्यक्रम र स्थानीय भाषामा स्थानीय पाठ्यक्रम छपाई लगायतका कार्यक्रम संचालन हुने नगर प्रमुख सुरेन्द्र थापा घर्तीले जानकारी दिए ।

बालविकास केन्द्रका कक्षाहरूलाई सुविधा सम्पन्न वनाउने, सामुदायिक विद्यालयहरूलाई सूचकका आधारमा कार्यसम्पादन स्तर निर्धारण गरि प्रोत्साहन अनुदान दिने, सवै प्रकारका अपांगता भएका वालवालिकाहरूको लागी सिकाइ केन्द्र स्थापना गरि सवैको लागी शिक्षामा सघाउ पु¥याउने, नगर उपप्रमुख क्षमता विकास केन्द्र स्थापना गरि सीपमुलक तथा व्यवसायिक तालिम संचालन गर्ने नीति तथा कार्यक्रम अघि सारेको छ । नगरपालिकाले नगर प्रमुख छात्रवृत्ती कोषलाई व्यवस्थीत परिचालन गरि प्राविधिक छात्रवृत्ती अन्तरगत नगरका विद्यार्थीहरूलाई छात्रवृत्तीको दायरा वढाउने, एमविविएस तथा एमडि अध्ययनका लागी २ जनालाई छात्रवृत्ती उपलव्ध गराउने जस्ता कार्यक्रम अघि सारेको छ ।

नगरपालिकाले विद्यालयमा जंक फुडलाई प्रतिवन्ध लगाउने, माडीचौरमा रहेको कृषि क्याम्पसलाई देशकै दोश्रो ठूलो क्याम्पसको रूपमा विकास गर्न संघीय सरकार मार्फत भारतिय दुतावास संग वजेट माग गर्ने कार्यक्रम अघि सारेको छ । नगरका विभिन्न विद्यालय तथा शिक्षण संस्थाहरूवाट प्लस टु, डिप्लोमा र स्नातक पुरा गरेकाक विद्यार्थीहरूलाई नगरपालिका र वडा कार्यालयहरूमा ईन्टरर्नसीपको व्यवस्था गर्ने, हरेक शुक्रवारलाई सिर्जनशील वारको रूपमा अघि वढाउने । जसका लागी नगर भित्रका सामुदायिक र संस्थागत विद्यालयहरूमा हरेक शुक्रवार पाठ्यपुस्तक रहित सृजनात्मक कक्षा संचालन गर्ने, उक्त दिन कला, योगा, साहित्य, संगित खेलकुद लगायतका सृजनात्मक तथा ईमान्दारिता, अनुशासन, सदाचारिता सम्वन्धि व्यवहारिक शिक्षा प्रदान गर्न प्रात्साहन गर्ने भएको छ । नगरपालिका भित्रका विद्यालयहरूमा डिजिटल लर्निङ, इ लर्निङको अवधारणा प्रविधिको विकास गर्ने वताइएको छ । सवै सामुदायिक विद्यालयहरूमा सूचना अधिकारीको व्यवस्था गर्ने, अभिभावक विहिन वालवालिकाहरूको अभिभावकत्व ग्रहण गर्ने कुरा नीति तथा कार्यक्रमा समावेश गरिएको छ ।

जसका लागी नगरपालिकाले ३ करोड ३२ लाख वजेट विनियोजन गरेको छ । विनियोजित वजेट मध्ये ६० लाख ५४ हजार विभिन्न कार्यक्रम संचालनमा खर्च हुनेछ भने नगर शिक्षा सहयोग अनुदानमा १ करोड नौ लाख ७ हजार खर्च प्रस्ताव गरिएको छ । यसैगरि वालविकास शिक्षक, विद्यालय सहयोगी, विद्यालय कर्मचारी, सामुदायिक सिकाई केन्द्र परिचालिकाहरूलाई संघीय पारिश्रमिकमा नगरवाट थप अनुदानका लागी १ करोड १२ लाख ७१ हजार खर्च प्रस्ताव गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?