© २०२३
काठमाडौं,९ असार । मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।
सञ्चार सचिव हुँदा उनले गरेको निर्णयले मुलुकको राज्यकोषमा अर्बौं हानि नोक्सानी पुगेको निचोडसहित मुद्दा दायर गर्ने निर्णय भएको हो ।
उच्चपदस्थ अधिकारीहरू जोडिएको र संवेदनशील विषय भएकाले अरू सबै विवरण गोप्य छन् । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रकरण र सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्कको स्टिकर खरिद गर्ने निर्णयमा उनको संलग्नता पुष्टि भएको थियो ।
विशेष अदालतमा आरोप पत्र दायर हुनासाथ अरू विषयहरु थाहा हुने अख्तियारले जनाएको छ ।