© २०२३
काठमाडौं,९ असार । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगीको आरोप लागेका गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिवी राईलाई भगाउन गृहमन्त्री रवि लामिछाने नै लागिपरेको आरोप लागएको छ।
आइतबार संसदको आकस्मिक समयमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले लोकेसन पत्ता लागिसक्यो भनेर गृहमन्त्री लामिछानेले भगाउन भूमिका खेलेको दाबी गरेका हुन्।
लामिछानेले केही दिनअघि राईको मलेसियास्थित लोकेसन पत्ता लागिसकेकाले केही दिनभित्रै पक्राउ पर्ने बताएका थिए। आफ्नै पूर्वसहकर्मीलाई पक्राउ नगर्न गृहमन्त्री लागेको शर्माको दाबी छ। गोरखा मिडिया नेटवर्कको एक जना मालिक गृहमन्त्री हुनुहुन्छ, अर्का मालिक जिबि राई पक्राउ गर्नुपर्नेमा पर्नुभएको छ, गृहमन्त्रीजीले लोकेसन पत्ता लागिसक्यो भन्नु भएको हो तर जिबीलाई पक्रन कि भगाउन हो पत्ता लागिसक्यो भनेर माइकबाट फुकेको शंका उत्पन्न भएको
शर्माले भने । देशलाई जिबी बसेको लोकेसन नभइ जिबी चाहिएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।गृहमन्त्रीले विपक्षमा हुँदा आकाश पाताल जहां भएपनि सरकारले चाह्यो भने तत्काल समाउन सकिने भनेका थिए ।
राई मलेसियामा लुकेर बसेको दाबी गरिँदै आइएको छ।