© २०२३
बुटवल, ९ असार । रुपन्देहीमा युवाहरुलाई क्षमता विकास र सामाजिक उत्तरदायित्वमा अग्रसर गराउदै आएको रोटरी क्लब अफ भैरहवाले रोटा वर्ष २०२३/२४ को छैठौं तथा २०२४/२५ को पहिलो संयुक्त क्लब एसेम्बली सम्पन्न गरेको छ । रोटा वर्ष २०२४/२५ का कार्ययोजना र बजेटका विषयमा क्लबका वर्ष २०२४/२५ का अध्यक्ष राम प्रसाद पन्थीले जानकारी गराउदै क्लबको पहिचानलाई आफनो कार्यकालमा इटा थप्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा क्लबका वर्ष २०२३/२४ का अध्यक्ष उमेशचन्द्र आचार्यले आफु सातौ अध्यक्ष हुदै गर्दा क्लबलाई गतिशिल बनाउने गरि कागजी प्रकिया, रिर्पोटिङ, प्रतिबेदन, पब्लिक इमेज र जिएमएल पब्लिसमा ध्यान दिएको बताए । क्लबको वार्षिक योजना अनुसार यो बर्ष मानसिक स्वास्थ सचेतनाका कार्यक्रमहरु गर्न सफल भएको बताए । यसैगरि क्लबले पहिलो पटक डिस्ट्रिक अवार्डको लागि प्रतिस्पर्धामा भाग लिएको छ । एसेम्बलीमा रोटा बर्ष २०२३/२४ मा भएका क्रियाकलापबारे पाँचवटा कमिटीका चेयरले अलगअलग प्रतिवेदन पेश गरेका थिए ।
क्लबका २०२३/२४ का एजी हीरा बहादुर शाहले धेरै क्लबहरुमध्ये यो क्लबको काम उत्कृष्ट रहेको बताए । वर्षभरि नै भएका नया र रचनात्मक कामकै कारण डिष्ट्रिक्टमा क्लबको छुट्टै छाप छोड्न सफल भएको दाबी गरे । वर्ष २०२४/२५ का एजी कल्पना तिवारीले रोटरी डिष्ट्रिक लक्ष्यलाई सहयोगी हुने क्रियाकलापसंगै सामाजिक सेवा भावका कार्यक्रमलाई समेट्न आग्रह गरे ।
यसैबिच वर्षभरि क्लबलाई सहयोग गर्ने सदस्यहरुलाई क्लबका अध्यक्ष उमेश चन्द्र आचार्यले मायाको चिनोबाट सम्मान गरेका थिए । कार्यकममा क्लबका सचिव हरिप्रसाद आचार्य, सन्तोष शुक्ला, वर्ष २४/२५ का सचिव श्याम छेत्रीले क्लबलाई थप उचाईमा लग्ने गरि सबैबाट साथसहयोग जरुरी रहेको बताए ।