© २०२३
बुटवल, ८ असार । पाठेघरको क्यान्सरबोर महिलाहरुमा सचेतना जगाउने उदेश्यका साथ रुपन्देहीमा पाठेघरको क्यान्सरको निशुल्क परिक्षण गरिएको छ । लायन्स क्लब अफ बुटवल सिद्धबाबाले नया गाउस्थित आफ्नो सचिवालय परिसरमा वृहत निशुल्क स्वस्थ्य शिविर तथा विश्रामस्थल निर्माण गरि शनिबार उद्घाटन गरेको हो । सामाजिक कार्यमा अग्रसर लायन्सले वार्षिक कार्ययोजना अनुसार विशिष्टिकृत स्वस्थ्य शिविर अन्तरगत पाठेघरको क्यान्सरको जाच गरेको हो ।
एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले कार्यक्रमको उद्घाटन गर्दै नगर विकासमा यहाका संघसंस्थाहरुको योगदान महत्वपूर्ण रहेको बताए । पालिका यहाका सामाजिक संघसंस्थाहरुको साथमा रहेर काम गर्न सधै तत्पर रहेको समेत बताए । लायन्सबाट शुरुवात भएको शवदाह स्थललाई ब्यवस्थित गर्ने, चारपालामा गौशाला ब्यवस्थापन र वडा नं १२ मा रहेको हेल्थ पोष्टमा १५ बेडको फिजियोथेरापी अस्पतालको अवधारणालाई अघि बढाईएको समेत उनले बताए ।
कार्यक्रममा लायन्स ईन्टरनेश्नल ३२५ पि का डिजि अर्जुनमान सैजुले नाम अनुसार नै लायन्स गतिशिल भएर सामाजिक काममा अग्रसर रहेको दाबी गरे । विश्वभरमा नै आफनो पहिचान बनाएको क्लब नेपालमा विभिन्न रचनात्मका कामबाट चिनिन सफल भएको उनले बताए । समुदायको हितलाई पहिलो प्राथमिकतामा राख्ने हुदा पनि क्लबको हरेक कार्यक्रम उत्कृष्ट हुने गरेको उनले बताए ।
कार्यक्रममा क्लबका अध्यक्ष नारायण प्रसाद तिवारीले वार्षिक कार्ययोजना बनाएर सामाजिक कार्यमा अग्रसर रहेको बताए । वर्षमा एकपटक विशिष्टिकृत स्वास्थय शिविर, १२ पटक निशुल्क मुधमेह परिक्षण, रक्तदान, अनाथअपाङ आश्रमलाई सहयोग जस्ता रचनात्मक कामहरु गरेको उनले बताए । सचिवालय परिसरमा नगरपालिकाको सहयोगमा करीब ६ लाख रुपैया लागतमा बिश्रामस्थल निर्माण सम्पन्न गरि उद्घाटन गरिएको बताए ।
कार्यक्रममा वडा नं १२ का वडा अध्यक्ष डिल्ली शर्मा, फस्ट भिडिजि बालाराम भट्टराई, रिजन चेयर पर्सन दिपक श्रेष्ठ, पूर्वअध्यक्ष योगेश घिमिरे, टंक गैरे, रामप्रसाद बन्जाडेले सामाजिक हितमा लायन्सबाट भएका कामको चर्चा गरे ।
कार्यक्रमका संयोजक तुल्सी राम भण्डारीले पानासिया स्वास्थ्य क्लिनिक र नेशनल प्याथ ल्याबको समन्वयमा स्वास्थ्य शिविर गरिएको बताए । प्रसुती तथा महिलारोग विशेषज्ञ दिक्षा श्रेष्ठको नेतृत्वमा पाच जना चिकित्सकहरुबाट पाठेघरको जाच गरिएको थियो । यसैगरि फिजिसियन डा पाताल गिरिबाट स्वास्थ्य परिक्षण तथा अटिजम बारे सचेतनामुलक कार्यक्रम डा शान्ता शर्माले प्रस्तुति दिएकी थिइन । क्लबका कोषाध्यक्ष महेश पाण्डेको नेतत्वमा लिला भण्डारी, कबिता बस्नेत, सुजल केसी, विष्णु खाम्चाको टिमले प्राविधिक सहयोग गरेको थियो ।
कार्यक्रममा स्थानिय वडा नं १२ का बासिन्दाहरुमध्ये ५० जना महिलाहरुको पाठेघरको क्यान्सरको जाचसहित ८० जनाको स्वास्थ्य परिक्षण र ७० जना बिरामीहरु फिजिसियनबाट परिक्षण भएको क्लबका सचिव डोलराज बश्यालले बताए । यसैगरि १४० जनाको मधुमेहको परिक्षण तथा निशुल्क औषधी समेत वितरण गरिएको उनले बताए ।
भिडियो सामग्री