© २०२३
बुटवल, ८ असार । नेपाल टेलिकमले पाल्पामा विद्यार्थीलाई झोला र सिम निशुल्क वितरण गरेको छ । रैनादेवी छहरा गाउपालिका ३ भुवनपोखरी अमिलेमा जोगबाणी माविका ८ देखि १० कक्षासम्मका ९० जना विद्यार्थीलाई स्कुल ब्याग (झोला) वितरण गरिद्यार्थीएको हो । सो अवसरमा निशुल्क सिम पनि वितरण गरिएको छ । कार्यक्रममा नेपाल टेलिकमका व्यापार अधिकृत सीता सुबेदीले टेलिकमको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीलाई झोला र सिम वितरण गरिएको जानकारी गराइन् । टेलिकम पाल्पाका प्रमुख ईन्जिनियर राकेश पाण्डेले नेपाल टेलिकमले दुरदराजका गाउँ गाउँमा सेवा पुर्याउन अहोरात्र खटिएको बताए । कार्यक्रममा विद्यालयका सहायक प्रअ नोखराज बञ्जाडे, शिक्षक नारायण पन्थी , भुपु प्रअ हरिप्रसाद पौड्याल, सुर्यप्रस्ताव पौडेल, शिक्षाविद् माधवकुमार पौडेल लगायतले बोल्दै टेलिकमले संसथागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रममा अझ बढी लगानी गर्न आवश्यक रहेको सुझाव दिएका थिए । ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी