© २०२३
बुटवल, असोज – विपक्षी टिमको स्टाईकरले अघि बढाएको बल रोक्न खम्बाका रुपमा अडिएकी बाकेकी रुपा सत्यालको प्रर्दशन निक्कै उत्कृष्ट थियो । उनको प्रदर्शन देखेर प्याराफिटमा दर्शक ताली पिटिरहेका थिए । योसंगै प्याराफिटमा बसेकी एक वर्षकी उनको छोरी पनि जानी नजानी खुशी देखिन्थिन ।
असोजको पहिलो साता बुटवलमा भएको प्रदेश फुटबल छनौट प्रतियोगितामा उनि धेरैको नजर परिन । सेमीफाईनल खेलमा रुपन्देहीसंग फुटबल प्रतिस्प्रर्धा गरिरहेको बाकेको टिमका डिफेन्डर रुपा सत्यालकी छोरी प्याराफिटबाट आमालाई हेरिरहेकी थिईन । एक १ वर्षकी रेश्मीका सन्त्याललाई छोडेर उनि मैदानमा आफनो पौरख देखाउदै थिईन । महिलाहरु पहिलो सन्तान जन्माएसंगै वर्षदिनसम्म आराम गर्ने, सारोगारो काम नगर्ने गर्दछन । यता सत्याल भने फुटबलको मैदानमा पौरख देखाईरहेकी थिईन । समाजमा महिला कमजोर हुन्छन भन्ने मान्यता र सोच बिरुद्ध एउटा गतिलो झापटका रुपमा प्रदर्शन रहेको पाउछौ । सेमीफाईनलमा रुपन्देहीसंग २–१ गोल अन्तरले टिम पराजित भएपनि खेलमा उनको प्रदर्शन चर्चा भयो । सम्मानजनक प्रदर्शन गरेकी उनलाई साथीहरुबाट पनि हौसला पाईन ।
पछिल्लो ६ महिना सुत्केरी विश्राम पछि खेलमा फर्किएकी उनि बिस्तारै लयमा आउदैछिन । २१ वर्षिया रुपा पछिल्लो ३ वर्षदेखि फुटबलमा छिन । टिममा डिफेन्डरको भुमिकामा मैदानमा उभिने उनि बलिया खम्बा हुन । ‘स्कुले जिवनमा नै फुटबल प्रति आर्कषण भयो र खेल्दै गए ।’– उनले भनिन । विद्यालयस्तर हुदै जिल्ला, प्रदेशसम्मको धेरै फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी उनी फुटबल नसा बन्दै गएको बताउछिन । ‘फुटबलमा भबिष्य देखेर लागे ।’–उनले भनिन । बाँकेको आर्दश माबिमा कक्षा ११ सम्म अध्ययन गरेका उनि पढाईभन्दा खेललाई बढी महत्व दिईन ।
फुटबल खेल्ने क्रममा नै बिराटनगरका सुरज विश्वकर्मासंग उनको बिहे भयो । वर्ष २२ वर्षिय सुरज बिक पनि खेलाडी नै हुन । डिफेन्स पोजिसनमा खेल्ने उनि धेरै स्थानिय प्रतियोगिता खेलेका छन । सि डिभिजनमा चर्च ब्यायज क्लबबाट ट्रायल खेलेको उनि बताउछन । चोटका कारण टिममा पर्न नसकेको उनले दुखेसो गरे । श्रीमानश्रीमति दुबै खेलाडी छन । रंगेली, मोरङको रहेर धेरै खेलकै क्रममा मायापिरती बसेको उनले बताए । बिहेपछि पनि दुबैले खेललाई निरन्तरता दिएका छन । फुटबल प्रतिको मायाकै कारण खेल्न नछोडेको उनि बताउछन । सुरजको बिराटनगरमा सुन पसलको ब्यवसाय छ । यसैबाट जिविकोपार्जनमा सहयोग मिलेको उनले बताए । यता रुपालाई घरपरिवारबाट पनि खेल खेल्न सहयोग मिल्दा हौसिएकी छिन । पुर्वमा घर भएपनि पश्चिम माइतको टिमबाट उनि खेलमा प्रस्तुत भईनन । ‘मलाई माइती गाउ धेरै प्यारो लाग्छ ।’– उनले भनिन । पहिले देखी नै खेलेको टिमका साथीहरुबाट प्रदेश टिम बनाएर खेल्ने निम्तो पाएपछी खुशी भएर सहभागी भएको उनले बताईन ।
समाजमा महिलाहरुलाई शारीरिक रुपमा कमजोर देखाउने काम हुदै आएको उनको दुखेसो छ । पटकपटक भन्दा र सुन्दा गलत कुरा पनि सत्य भए जसरी नै महिला पुरुषको तुलना गर्ने काम हाम्रो समाजमा रहेको उनले बताईन । एउटै फुटबल खेलमा रुचि भएका दम्पती खेललाई अगाडी बढाउन चाहन्छन । खेल विकासमा नीजि क्षेत्रबाट लगानीको भरमा चलेको उनि बताउछन । सरकार खेल पुर्वाधार र प्रतियोगिता आयोजनामा लाग्नुपर्ने उनको सुझाव छ । प्रतियोगितामा विवाहितसंगै बच्चासंग आएकी उनि एकमात्र खेलाडी थिईन ।