ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

एमाले नेताहरुद्वारा डेल्टा मार्टको आगलागीको क्षति अवलोकन

७ असार २०८१, शुक्रबार
७ असार २०८१, शुक्रबार

बुटवल,७ असार ।   नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं लुम्बिनीका पुर्व मुख्यमन्त्री लिला गिरीसहितका एमाले रुपन्देहीको नेतृत्वले बुटवलको मिलनचोकस्थित डेल्टा मार्टमा भएको आगलागी क्षतिको अवलोकन गरेका छन् ।

बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार सांझदेखि लागेको आगलागीबाट कम्प्लेक्सको तीनवटा तलामा रहेका पसलका सबै सामान जलेर नष्ट भएका थिए ।

आगलागी अवलोकनपछि नेता गिरीले आर्थिक मन्दीको बेलामा आगलागीले ठूलो क्षति पु¥याउंदा व्यवसायीलाई ठूलो मार परेको बताए । यो घटनाले आफूहरुलाई दुख लागेको बताए । त्यस अवसरमा डेल्टा कम्प्लेक्सका सञ्चालक प्रकाश भुसालले तेस्रो तलामा रहेको वैठक कोठाबाट आगलागी भएको र डेढ घण्टासम्म अरु तलामा आगो नफैलिएको अवस्था रहेपनि आधुनिक प्रविधियुक्त दमकल अभावमा क्षतिबाट जोगाउन नसकिएको बताए ।

बुटवल उपमहानगर वा अन्य स्थानीय तहको आधुनिक प्रविधिको दमकल भएको भए पहिलो र दोस्रो तलाको सामानलाई आगलागीबाट जोगाउन सकिने महसुस भएको उनले बताए । भैरहवा विमानस्थलको दमकल आएको कारण आसपासका वस्ती जोगाउन सकिएको बताए ।

नेता गिरीसंग एमाले पोलिटब्युरो सदस्य दधिराम न्यौपाने, केन्द्रीय सदस्य एवं बुटवलकी उपप्रमुख सावित्रा अर्याल, जिल्ला अध्यक्ष यज्ञ गैरे, निवर्तमान अध्यक्ष तेजेन्द्र केसी, सचिव चित्रबहादुर कार्की, उपसचिव बाबुराम पन्थी , जिल्ला सदस्य यमराज पाण्डे लगायत नेताहरुले आगलागीका घटनाबाट जोगिन पुर्व तयारी र आधुनिक प्रविधिका दमकलको आवश्यकतामा जोड दिए ।

५ घण्टामा नियन्त्रणमा आएको आगलागीबाट करिब ५० करोडको क्षति भएको सञ्चालक प्रकाश भुसालले बताए । आगलागीबाट त्यहाँ रहेका सबै सामान जलेर नष्ट भएका छन । बिहीवार साँझ साढे ६ बजेबाट लागेको आगो शुक्रबार राति २ बजेतिर नियन्रणमा आएको थियो।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार मोटर ग्यारेज, दुईवटा पेट्रोल पम्प र बाक्लो बस्तीको बीचमा रहेको डेल्टा कम्प्लेक्सबाट अन्यत्र आगो फैलिनबाट जोगिएपनि कम्प्लेक्स भने पुर्ण रुपमा ध्वस्त भएको छ।

झण्डै ३० हजार स्क्वायर फुट क्षेत्रफलमा बनेको कम्प्लेक्समा स्टेशनरी,खेलकुद, झण्डै दुई दर्जन बढी विद्यालयका तयारी पोसाक, काँचो र तयारी कपडा सहित नेपाली लुगा घर, जुत्ता बजार र खाध्यान्नका मार्ट संचालनमा थिए।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितका अनुसार कम्प्लेक्समा संचालित सम्पुर्ण पसल र सामानहरु झण्डै आठ घण्टा लागेको आगोले खरानी भएका छन्।

आगलागी पछि बुटवल उपमहानगरपालिका, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक नगरपालिका, नवलपरासीका बर्दघाट र परासी, कपिलवस्तुको वाणगंगा तथा नेपाल आयल निगम भलवारी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत गरि १० वटा दमकल आगो नियन्त्रणमा खटिएका थिए।
फलाम र प्यानलबोर्डबाट बनेको चारतल्ले भवन पूर्ण रुपमा जलेर नष्ट भएको छ। चारैतर्फ प्यानलबोर्ड र शिशा जडान गरि निर्माण गरिएको कारण कम्प्लेक्सको आगो सबै तलामा फैलिएको थियो।

कम्प्लेक्सको माथिल्लो तलामा डेल्टा एजुकेशन मार्ट रहेको थियो भने अन्य तिनवटा तलामा नेपाली जुत्ता बजार, नेपाली लुगा घर र खाद्यान्न पसल थिए। बुटवलका ठुला व्यवासायी र शिक्षण पेशाका अगुवाहरुले ५ बर्ष पहिले संचालन गरेको डेल्टा एजुकेशन मार्टमा पछिल्ला दुईबर्षदेखी नेपाली जुत्ता घर र नेपाली लुगा घरपनि संचालन गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?