© २०२३
काठमाडौं, ६ असार । सहकारी ठगीको आरोप लागेका जीबी राईको मलेसियामा बसोबास गर्ने लोकेसन पत्ता लागेको गृहमन्त्री रवि लामिछानेले बताएका छन् ।
श्री एयरलाइन्सको परीक्षण उडानका लागि भरतपुर आएका लामिछानेले पत्रकारसँग कुराकानी गर्दै राईको लोकेसन पत्ता लागेको र उनलाई नेपाल ल्याउने विषयमा पहल थालिएको बताए ।
जीबी राई कहाँ छन् भन्ने लोकेसन जानकारी भइसक्यो भन्दै गृहमन्त्री लामिछानेले उनलाई नेपाल ल्याउन मलेसियाको गृहमन्त्रीसँग पनि कुराकानी भएको बताए ।
राई ग्लालेक्सी टिभीको अध्यक्ष रहँदा लामिछाने प्रवन्ध निर्देशक भएर काम गरेका थिए । सहकारी ठगीको मुद्दामा लामिछाने पनि मुछिएका छन् ।