© २०२३
बुटवल, ६ असार । बुटवलमा निजी लगानीबाट गुणस्तरीय शैक्षिक सेवा प्रदान गर्दै आएको स्कलर्स होम ईगलिस बोर्डिङ स्कुलले शिक्षकशिक्षिकालाई दक्षता बढाउने गरि क्षमता अभिवृद्धि कार्यक्रम गरेको छ । बालबालिकाहरुको मनोविज्ञान बुझेर गुणस्तरीय शिक्षा प्रदान गर्नुको साथै प्रभावकारी संचार बारेमा प्रशिक्षण दिईएको विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले बताए । अहिले अन्तरक्रियात्मक तरिकाबाट रमाइलो वातावरणमा अध्ययन अध्यापनको माग बालबालिकाहरुमा रहेको भन्दै उनले यसैलाई मध्येनजर गरि शिक्षक शिक्षिकाहरुलाई पुर्नताजगी हुने गरि कार्यक्रम गरिएको बताए । ‘शिक्षकशिक्षिकाहरु दिनहु अप टु डेट हुनुपर्छ ।’—उनले भने ।
कार्यक्रममा प्रशिक्षकहरु रमेश अर्याल, दीपक ढकाल, विजय पाण्डेले शिक्षकहरुलाई प्रभावकारी सञ्चार, मेरो विश्वास र मेरो जागिर विषयमा प्रशिक्षण दिदै असल शिक्षकबाट नै विद्यालयको पहिचान हुने बताए । कार्यक्रममा विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले विद्यार्थी, अभिभावक र शिक्षक कर्मचारीहरुको महत्वपूर्ण भुमिकाबाट विद्यालय आइ.एस.ओ प्रमाणपत्र पाउन सफल भएको भन्दै सदैव रचनात्मक कार्यक्रमहरुलाई जोड दिदै आएको बताए । शैक्षिक गतिविधिसंगै बालबालिकाहरुको अन्तर्निहित प्रतिभा उजागर गर्ने गरि विविध कार्यक्रम सफलताको अर्को पाटो भएको उनले दाबी गरे ।
विद्यालयका सहायक प्रमुख टिका राम गौतमले विद्यालयको पहिचान र गरिमालाई थप उच्च पुराउने काममा शिक्षक शिक्षिकाहरु अग्रसर हुनुपर्ने सुझाव दिए । शिक्षकशिक्षिकाहरु पेसा प्रति बफादार र जिम्मेबार बनेमात्र बालबालिकाहरुमा असल शिक्षा पाउने उनले बताए । वार्षिक कार्ययोजना बनाएर नै विद्यालयबाट शिक्षक, अभिभावक लक्षित कार्यक्रमहरु गर्दै आएको उनले बताए । प्रशिक्षणमा विद्यालयका ५ दर्जन शिक्षक तथा शिक्षिकाहरुको सहभागिता रहेको विद्यालयका शिक्षक लोक प्रसाद भण्डारीले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी