© २०२३
बुटवल, ५ असार । ५० औ वर्षदेखि युवाहरुलाई नेतृत्व क्षमताको विकास, उद्यमशिलता तथा ब्यक्तित्व विकासमा योगदान दिदै आएको बुटवल जेसिसले विहिबारदेखी बुटवलमा सप्ताहब्यापी कार्यक्रम गर्ने भएको छ । बुधबार पत्रकार सम्मेलन गरि असार ६–१३ गतेसम्म हुने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको बुटवल जेसिसका अध्यक्ष विनोद घिमिरेले बताए । ‘उद्घाटन सत्रमा प्रभावकारी भाषण कला तालिमबाट गर्ने छौ ।’— उनले भने । यसैगरि स्वास्थ्य सचेतना जगाउने गरि योग प्रशिक्षण, वृहत रक्तदान, योजना मिटिङ, वर्तमान अर्थतन्त्र–समृद्ध बुटवलको लागि संभावना र चुनौती अन्तरक्रिया, निशुल्क बृहत् स्वस्थ्य शिविर, मानसिक स्वस्थ्य शिविर, हाम्रो मातृत्व, हाम्रो सन्तति–विगत वर्तमान र भविष्य कार्यक्रम गरिने उनले बताए ।
जेसिजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक माधव पराजुलीले बुटवल जेसिस अन्तरगत रहेका ७ वटा शाखाहरुलाई समेत समेटेर रचनात्मक कार्यक्रम लग्न लागेको बताए ।
कार्यक्रममा अन्तराष्ट्रिय उपाध्यक्ष अनुपमान सैजु, पूर्वअध्यक्ष गणेशचन्द्र पोखरेल, मिडिया संयोजक नारायण घिमिरेले जेसिज स्थापना, यसबाट ब्यक्ति र समाजमा गर्दै आएको कामहरुको बारेमा प्रकाश पारे ।