Butwal Today

संसद भवनको शौचालयमा प्रहरी जवानले गरे गोली हानी आत्महत्या

५ असार २०८१, बुधबार
अ+
अ-

काठमाण्डौ । संघीय संसदको सुरक्षार्थ खटिएका एक प्रहरी जवान मृत फेला परेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक जवान अजित गोलेको शव शौचालयमा फेला परेको हो ।

उनले शौचालयमा पसेर आफ्नो राइफलबाट निधारमा गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ । गोली पड्केको आवाज सुनेपछि सुरक्षामा खटिएका अन्य सुरक्षाकर्मीले शौचालयमा गएर हेर्दा आफैलाई गोली हानी मृत अवस्थामा भेटिएको प्रहरीको भनाछ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

भिडियो सामग्री