ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

फातिमाको पालिनन्दनमा विद्यालय सुधार अभियान

४ असार २०८१, मंगलवार
४ असार २०८१, मंगलवार

नवलपरासी, ४ असार । जिल्लाको पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्षले सामुदायिक विद्यालयका बालबालिकालाई भविष्यमा समाजको नेतृत्व गर्न सकुन भनेर सञ्चालन गरेको कार्यक्रमको प्रभाव पर्न थालेको छ । गत फागुन महिनाभरि सामुदायिक विद्यालयहरूमा पुगेर विद्यार्थीबाट भविष्यका नेता भन्दै अवार्ड प्रदान गर्दै उपाध्यक्ष फातिमा खातुन अंसारी (सकिना) ले नेतृत्व लिन अगाडी बढन आग्रह गरेको दुई महिना नवित्दै विभिन्न विद्यालयका विद्यार्थीहरू अहिले गाउँपालिकामा उपाध्यक्ष भेट्न आउन थाल्दा अभियानको असर देखिन थालेको हो ।

गाउपालिकाको वार्ड नं.१ सुनरी स्थित बालशिक्षा निकेतन माविमा पुगेर उपाध्यक्ष सकिनाले उपाध्यक्षको काम, कर्तब्य, अधिकारबारे जानकारी गराउँदै आफु विद्यार्थी देखी नै नेतृत्व गर्ने इच्छा रहेको र काम गर्दै अहिले उपाध्यक्ष भएको सुनाएकी थिईन् । सामुदायिक तथा धार्मिक विद्यालयका बालबालिकासँग भेटघाट कार्यक्रम गर्दै उत्कृष्ट १० जना बालबालिकालाई भविष्यका नेता भन्दै पुरस्कार प्रदान गरेकी थिईन । अहिले त्यही विद्यालयबाट उत्साही भएका बालबालिकाहरू गाउपालिका कार्यालय पुगेर उपाध्यक्षलाई भेटेर गाउँपालिकाको भौतिक रूपमा अवलोकन गरेका छन् । गाउँपालिकाकी उपाध्यक्षसँग बालबालिकाहरूको समस्या,विद्यालयको आवश्यकता लगायत विविध विषयमा छलफल गरेको उनले बताईन् । सो कार्यक्रम प्रभावकारी हुनेमा तत्कालिन प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले पनि प्रशँसा गरेका थिए ।

पहिला नेतृत्व गर्नु राम्रो होईन,नेता अर्थात राजनीति गर्नु ठिक होईन्,भन्ने गलत मान्यता थियो,उनले भनिन,तर विद्यालयसँग उपाध्यक्ष कार्यक्रममा नेता र राजनीतिकर्मी विचको भिन्नता,राजनीतिमा सहभागि हुन किन आवश्यक छ ? भनेर महत्व समेत सम्झाउदा विद्यार्थीहरू उत्साही भएका थिए । अहिले समाजिक शिक्षामा पनि समाज,इतिहास,राजनीति र सरकारी गतिविधिबारे पनि पढ्नु पर्ने,कार्यमुलक कार्य पनि गर्नु पर्ने जस्ता पाठ्यबस्तु रहेका छन् । अभियानको बेला त्यसबारे पनि अवगत गराईएको थियो, पहिला पढेर घोकेर परिक्षा पास मात्रै ठान्ने गरेका विद्यार्थीहरू अहिले प्रत्यक्ष ति सरोकारवालासँग भेट्ने बुझ्ने कार्यमा पनि सक्रिय हुन थालेका छन् । विद्यार्थीहरू गाउपालिकाको कार्यालयसम्म पुगेर भेट्ने र अध्ययन अवलोकन गर्ने कार्य सराहनिय भएको बताउदै उनले आफ्नो अभियानले सार्थकता पाएकोमा खुशी ब्यक्त गरेकी थिईन् । अगामी बर्षमा पनि अन्य कुनै विषय बस्तुमा प्रत्यक्ष भेटघाट गरेर अभियान सञ्चालन गर्ने योजना रहेको उनले सुनाईन् ।

स्वच्छ राजनीतिका लागि पढेलेखेका युवाहरू राजनीतिमा सहभागित हुन पर्छ, उनले भनिन्, त्यसका लागि विद्यालय तह देखी नै विद्यार्थीमा नेता बन्ने उत्साह बढाउनु पर्छ भनेर विद्यालय,समाज हुदै राज्यका विभिन्न निकायमा नेतृत्व गर्न सकुन भनेर ५ जना छात्रा र ५ जना छात्रलाई भविष्यका नेता भनेर छनौट गरिएको थियो । उनीहरूलाई त्यही अनुसारको नेतृत्व विकास,क्षमता विकास लगायतका अन्य तालिममा सहभागि गराउदै लैजाने लक्ष्य समेत रहेको उनले बताएकी थिईन् । उनी वडा नं.१ बाट यस्तो कार्यक्रमको शुभारम्भ गरिएको छ ।

अगामी दिनमा अन्य वार्डमा रहेका विद्यालयमा पनि यस्तो कार्यक्रम गर्दै लगिने जानकारी गराएकी थिईन् । उपाध्यक्ष भेटघाट कार्यक्रम अनुसार नै गाउपालिकाका ६ वटा वार्डमा रहेका ७ वटा माध्यमिक तहको सामुदायिक विद्यालय र २ वटा माध्यमिक स्तरकै मदरसा धार्मिक, विद्यालयमा कार्यशाला, प्रश्नोत्तर, सेवा शनिवार, वृहद छलफल जस्ता कार्यहरू गरेकी थिईन् । आफू विद्यार्थी कालमै चुनाव लडेर उपाध्यक्ष बनेकी सम्वतः नेपालकै कान्छि उपाध्यक्ष सकिनाले विद्यालयका बालबालिकासँग छलफल, अन्तरक्रिया तथा प्रश्नोत्तर गर्दै बालबालिका तथा विद्यालय र समुदायका समस्या बुझ्नका लागि सो कार्यक्रम गर्न गरिएको बताएकी थिईन ।

बालबालिका समस्याबारे उनि सम्बोधन गरेका थिइन् । वातावरण सरक्षण, सरसफाई र सामुदायिक सदभावबारे विषय केन्द्रित गरि छलफल र प्रस्तुतीकरण गरिएको थियो । सो कार्यक्रमको प्रमुख उद्देश्य सरकार र युवाविचको खाडललाई पुल सरह जोड्ने रहेको जस्मा स्थानीय सरकार र युवा नागरिकहरू बीच सञ्चार र समझदारीलाई प्रोत्साहित गर्ने रहेको थियो ।

त्यसैगरि प्रेरणा जगाउनेमा विद्यार्थीहरूलाई उनीहरूको समुदायमा सक्रिय रूपमा योगदान गर्न र नागरिक जिम्मेवारी स्वीकार गर्न उत्प्रेरित गर्ने, आलोचनात्मक सोचलाई पोषण गर्ने जस्मा विद्यार्थीहरूलाई सान्दर्भिक मुद्दाहरूमा आफ्ना सोंचहरू विचारहरू र चिन्ताहरू ब्यक्त गर्ने प्लेटफर्म प्रदान गर्ने रहेको थियो । त्यसैगरि समावेशिता प्रवद्र्धन गर्ने त्यसमा विविध पृष्ठभूमि र धार्मिक सम्वाद्धताका विद्यार्थीहरूको सहभागिता सुनिश्चित गर्ने र रोल मोडेलहरू देखाउनेमा विद्यार्थीहरूलाई सम्मानित नेतासँग अन्तरक्रिया गर्ने र उनीहरूको अनुभवबाट सिक्ने अवसर प्रदान गर्ने रहेको छ ।

कार्यक्रममा सामुदायिक च्याम्पियन कार्यशाला, धार्मिक सदभाव संवाद, सेवा शनिवार,विद्यार्थी परिषद सम्मेलन, भविष्यका नेता पुरस्कार समारोह जस्ता इभेन्टहरू बनाइएका छन् । नेपालको संविधान २०७२ को धारा २४८ सँग मिल्दोजुल्दो कार्यक्रम बनाइएको जस्ले विकासका पहलहरूमा युवा सहभागितालाई प्रवद्र्धन गर्ने स्थानीय सरकारहरूको दायित्वलाई जोड दिइने र यसले युवा नीति २०७५ सँग पनि प्रतिध्वनित गर्नुको साथै यसले युवाह्रुलाई समाजिक र राजनीतिक प्रकृयाहरूमा संलग्न गराउन प्रोत्साहन गर्ने उपाध्यक्ष अंसारीको भनाइ रहेको थियो । जुन अहिलेको बालबालिकामा देखिने उत्साहले उपाध्यक्षलाई पनि काम र अभियान सञ्चालन गर्न उत्साही बनाएको अनुभुति भएको बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?