Butwal Today

चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु

३ असार २०८१, सोमबार
अ+
अ-

बुटवल, ३ असार । पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। रैनादेवी छहरा गाउँपालिका ३ डाडागाउँका ५६ वर्षीय विमल प्रसाद पन्तको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए।

घरमै बसिरहेको बेला आइतबार बेलुकी साढे ६ बजेतिर पन्तलाई चट्याङ लागेको थियो। उनलाई उपचार गर्न लुम्बिनी मेडिकल कलेज प्रभास लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए।