© २०२३
बुटवल,२ असार । न्यू होराइजन ईङ्गलिस बोर्डिङ्ग सेकेण्डरी स्कूल बुटवलद्धारा एसईई दिइ नतिजाको पर्खाइमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी आयोजित तेस्रो एसईई फेस्ट सकिएको छ । विभिन्न ६ विधाका प्रतियोगिताहरु समेटिएको जेष्ठ २६ देखि सञ्चालन भएको फेस्ट समापन समारोहमा बोल्दै संस्थाका प्राचार्य लोकनाथ उपाध्यायले विद्यालयले निरन्तर रुपमा विद्यार्थीहरुका प्रतिभालाई प्रस्फुटन तथा परिस्कृत गर्न यो कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।
फेस्टको अन्तिम दिन ३९ समुह सहभागि हाजिरीजवाफ प्रतियोगिताबाट छनौट भएका ६ समूह विचको फाइनलमा विजय पन्थी, सन्दीप ढकाल र आघ्नेश सोमैमगरको टिम प्रथम, पर्फेक्ट इजुकेशनका कृतिम भट्टराई, प्रतिक्षा खत्री र अक्सर उपाध्यायको टिम द्धितिय र आरम्भ इन्टिच्युटका प्रशान्त यादव, विनय चौधरी र शिव कुमार यादवको टिम तृतिय हुन सफल भएका छन् । जसमा प्रथम, द्धितिय र तृतियले क्रमशः ९ हजार, ६ हजार र ३ हजार नगद, शिल्ड र प्रमाण पत्र प्राप्त गरेका एस.इ.इ. हाजिरी जवाफ प्रतियोगिताको संयोजन गरेका लिला खनालले जानकारी दिए ।
असार १ र २ गते १४ टिमबाट रोबोटिक्स वर्कसपको प्रर्दशनी भएकोमा राहुल खड्काथोकी, जस्मीन पौडेल लगाएतको टिमले प्रर्दशन गरेको स्मार्ट स्कुल मोडेल उत्कृष्ट भई प्रथम, रवि राजभारको भेन्डिङ्ग मेशिन मोडेल द्धितिय र विकिशा गौतम, शान्ती अधिकारी र जिवन बहादुर रानाको वाइण्ड मिल मोडेल तृतिय भए । जसमा प्रथम, द्धितिय र तृतियले ९ हजार, ६ हजार र ३ हजार नगद र प्रमाण पत्र प्राप्त गरेका कक्षा ११ र १२ का सह–संयोजक रमेश रेग्मीले जानकारी दिए ।
त्यस्तै जेठ २९ गते सम्पन्न भएको ३२ टिमका विच भएको फुटसल प्रतियोगितामा न्यू होराइजन स्पोर्टस् क्लव विजेता र भि–फाइभ इन्टिच्युट उप–विजेता भए भने जेठ ३२ गते सम्पन्न २९ टिमका विच क्रिकेट प्रतियोगितामा गुरुकुल एकेडेमी विजेता र नव वुद्ध फुरफुरे टिम उप–विजेता भए । जसमा दुवै प्रतियोगितामा विजेताले नगद रु २० हजार र उप विजेताले रु १० हजार पुस्कार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका फेस्टका संयोजक प्रकाश खनालले जानकारी गराए । प्रतिस्पर्धीहरुको हौसला बढाउन पुर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनको उपस्थिति रहेको थियो ।
फेस्ट अन्तर्गत ६ विधाका प्रतियोगिताहरु सम्पन्न भएका थिए । जस मध्ये जेठ २६ र २७ गते एकल तथा समुहगत कुल ६३ प्रतियोगिहरु सहभागी रहेको खुल्ला नृत्य प्रतियोगितामा किरण भण्डारी प्रथम, कृपा पौडेल द्वितिय र सुवेक्षा क्षेत्री, तनिशा राना, अस्मिता भुसाल र गीरीशा थापाको समूह तृतिय भई नगद पुरस्कार क्रमशः रु १० हजार ५ हजार र २५ सय तथा कप र प्रमाण पत्र प्राप्त गरेका थिए । यसै गरी ३८ प्रतियोगिहरु विच भएको गायन प्रतिस्पर्धामा क्रिस विक प्रथम, सोनिया बराल द्वितिय र आरभी आचार्य तृतिय भई कप र प्रमाण पत्रको साथमा नगद पुरस्कार क्रमशः ६ हजार, ४ हजार र २ हजार प्राप्त गरेका थिए ।
उक्त प्रतियोगिताहरुको समापन समारोहमा बोल्दै उप–प्राचार्य बालकृष्ण भण्डारी, बासुदेव अर्याल ,राजीव श्रेष्ठ लगायतले सम्पुर्ण प्रतिस्पर्धाहरुमा दर्ता निःशुल्क र विद्यार्थीले धेरै कुरा सिक्ने अवसर भएकाले विद्यार्थीको उत्साहजनक सहभागिता रहेको बताए ।