ट्रेंडिंग:

>> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो

चिदिका–रुपन्देही सम्पर्क समाजको रक्तदान, १५१ युनिट रगत संकलन

१ असार २०८१, शनिबार
१ असार २०८१, शनिबार

बुटवल, १ असार ।

अर्घाखाँचीको चिदिकाबाट रुपन्देही आइ बसोबास गर्नेहरुको संस्था चिदिका–रुपन्देही सम्पर्क समाजले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रमको उदघाटन जिल्ला समन्वय समिति अर्घाखाँचीकी उपप्रमुख लक्ष्मी शर्मा ज्ञवालीले गरेकी थिइन् ।

त्यस अवसरमा उनले रक्तदान जस्तो मानवीय कामलाई समाजले अगाडि बढाएकोमा प्रशंसा गरिन् । उनले सामाजिक क्षेत्रमा संस्थालाई अझ बढी सक्रिय बनाइराख्न आग्रह गरिन् ।

समाजका अध्यक्ष गिता ज्ञवालीले समाजले हरेक वर्ष रक्तदान कार्यक्रमलाई निरन्तरता दिंदै आएको बताइन् । रक्तदान कार्यक्रममा १५१ जनाले रक्तदान गरेको समाजका सचिव हेमनाथ ज्ञवालीले जानकारी दिए । उनले रक्तदान जस्तो मानवीय कार्यलाई समाजले प्रत्येक वर्ष जारी राखेको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । उनले रचनात्मक क्रियाकलापमा समाजलाई सधै सक्रिय बनाइराख्न सबैको सहयोग र सुझाव आवश्यक रहेको पनि बताए । कार्यक्रममा समाजका संस्थापक अध्यक्ष, पुर्व तथा निवर्तमान अध्यक्ष, सल्लाहकारहरु तथा चिदिकाबाट रुपन्देही आइ बसोबास गर्नेहरुको ठूलो संख्यामा उपस्थिति थियो ।

कार्यक्रमका अवसरमा समाजका उपाध्यक्ष कमल अर्यालले रक्तदान जस्तो मानवीय र पवित्र कामलाई समाजले हरेक वर्ष अघि बढाएको र यसबाट रगतको अभावमा बाँचिरहेकाहरुलाई राहत पुगेको बताएका थिए । रक्तदान गर्नेहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । ररक्तदान कार्यक्रम कमल भण्डारीको संयोजकत्वमा सम्पन्न भएको धियो । समाजले बिरामीको उपचारका लागि सहयोग पु¥याउने उद्देश्यले चिदिकाबासीलाई एम्बुलेन्स समेत प्रदान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?