© २०२३
बुटवल,३२ जेठ । नेकपा एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास र राजनीतिलाई सँगसँगै लैजानुपर्ने बताएका छन् । एमाले रुपन्देहीको १० औं अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण तथा पदस्थापन कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले अब सबै नेता कार्यकर्ताहरु विकाससँग जोडिदै जानुपर्ने बताएका हुन् ।
उनले नवनिर्वाचित कार्यसमितिलाई एकताबद्ध भएर काम गर्न पनि निर्देशन दिँदै अधिवेशनले पार्टीको जीवनमा नयाँ जोश सञ्चार गरेको जनाए ।
गुण र दोष दुबै थाहा पाएका आफ्नै कमरेडलाई एकआपसमा दोषारोपण गरेर होइन, हरेकले गुणलाई आत्ससात गरेर कमिटीलाई चलायमान बनाउन कार्यकर्तालाई उनले सुझाव दिए ।
एमाले पोलिटब्युरो सदस्य लिला गिरीले नेकपा एमालेका नेता कार्यकर्ता उत्पादनसँग जोडिनुपर्ने बताए । पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले पार्टीलाई जीवन्त बनाउन हरेक कमिटी चलायमान बनाउनुपर्ने र त्यो जिम्मेवारी जिल्ला कमिटीले पूरा गर्नुपर्ने बताए ।
पार्टीका प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले अबको नेतृत्वले थप कुशलतापूर्वक काम गर्नुपर्ने सुझाव दिए । पार्टीका नवनिर्वाचित अध्यक्ष यज्ञ गैरे, निवर्तमान अध्यक्ष तेजेन्द्र केसीलगायतले पार्टीको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए । जेठ २३ देखि २५ गतेसम्म भएको अधिवेशनबाट रुपन्देहीमा सबै पद सर्वसम्मत निर्वाचित भएको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी