ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

१६ दिने निःशुल्क वारिष्ठा तालिम सुरु

३२ जेष्ठ २०८१, शुक्रबार
३२ जेष्ठ २०८१, शुक्रबार

बुटवल, ३२ जेठ ।

कफीका लागि गुल्मी प्रसिद्ध छ । अझ कफी उत्पादनका हिसाबले सिन्धुपाल्चोक जिल्ला एक नम्बरमा पर्छ । विश्वबजारमा कफीको माग राम्रो छ । कफीका धेरै परिकार बन्ने गर्छ । मेशिनबाट तैयार गरिने कफी सबैभन्दा धेरै उपभोग हुने गर्छ । वर्सेनि नेपाली कफी निर्यात हुने गरेको छ । रुपन्देहीका होटल तथा रेष्टुरेन्ट ब्यवसायीहरुको दक्षता अभिवृद्धि हुने गरी १६ दिने निःशुल्क वारिष्ठा तालिम दिइएको छ । ईन्स्योर परियोजना बुटवल रुपन्देही उद्योग संघको आर्थिक सहयोग तथा स्टेयरलिङ इन्टरनेशनल कलेज अफ हस्पिटालिटीको प्राविधिक सहयोगमा कामदारहरुको लागि थप सीप तालिम कार्यक्रम अन्तर्गत वारिष्ठा तालिम बिहीबारदेखि बुटवलमा शुरु भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै रुपन्देही उद्योग संघका द्वितीय उपाध्यक्ष हरि बहादुर खत्रीले सीप सिकेर मालिक बन्न सुझाव दिए । केवल सर्टिफिकेट जम्मा गर्ने रुपमा नभई सिकेका ज्ञानका कुरा ब्यवहारमा लागु गर्न सके सफल भईने उनले दाबी गरे । कफीका धेरै परिकार र सबै समय पिउन मिल्ने हुँदा पनि पारखी बढेको भन्दै तालिमबाट दक्ष जनशक्ति तयार गर्न सहयोग मिल्ने उनले बताए । कफीका परिकार, पस्कने तरिकाका बारेमा तालिममा ज्ञान दिइने उनले बताए ।

कार्यक्रममा रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले कफी घरका रुपमा चिनिने गुल्मी जिल्ला र सबैभन्दा धेरै कफी उत्पादन हुने सिन्धुपाल्चोक जिल्ला भएको भन्दै यसलाई आयआर्जनसंग जोड्ने गरी स्वदेशमा नै अभियान थाल्नुपर्ने बताए ।

‘कफीको राम्रो बजार रहेको छ’—उनले भने । विश्वमा तरल पदार्थ पानी पछि सबैभन्दा बढी कफी पिउने गरिएको तथ्यांकमा रहेको भन्दै उनले पछिल्लो समय कफीको माग र परिकार बढेको बताए । यस्तोमा यी नयाँ बजारका परिकार बुझ्ने र बुझाउने रुपमा तालिम महत्वपूर्ण छ । बुटवललाई रात्रिकालीन बजारमार्फत आर्थिक चलायमान बनाउने गरी अभियान थालेको र यसका लागि स्थानीय सरकार, प्रशासन, प्रहरीको सहयोग भएको भन्दै आवश्यक जनशक्ति उत्पादनमा आफुहरु लागेको उनले बताए । ब्यवसाय धेरै कठिन मोडमा रहेको बेला स्थानीय सरकारबाट करको दायराभन्दा दरमा जोड दिने गरी ल्याएको योजनाप्रति ब्यावसायिक संघसंगठनहरुको बिरोध रहेको भन्दै आफुहरु एक ढिक्का भएर आवाज उठाउने बताए । ब्यवसायीहरुबाट होडिङ बोर्डको शुल्क उठाउने विषय गम्भीर कुरा भएको उनले बताए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव कुमार खनालले युवाहरु अब तालिमपछि विदेश जाने सोच वदल्न जरुरी रहेको बताए । स्वदेशमा नै धेरै अवसरहरु रहेको हुँदा सिकेको सिपलाई प्रयोगमा ल्याउन उनले सुझाव दिए । तालिम स्वरोजगार र उद्यमी बन्ने अवसर भएको भन्दै यसलाई भरपुर उपयोग गर्न सुझाव दिए ।

कार्यक्रममा संघका पर्यटन उपाध्यक्ष रोमाकान्त पाण्डे, द्वितीय उपाध्यक्ष प्रेम भट्टराई, महासचिव अर्जुन थापा, कार्यालय प्रमुख टिकाराम ज्ञवाली, प्रशिक्षक धिरन राकस मगर, रुपन्देही उद्योग संघका सीप विकास ईकाईका संयोजक खिमानन्द रिजालले संघसंस्थामा कार्यरत कामदार लक्षित सीप अभिवृद्धि गर्ने गरी तालिम चलाउँदै आएको बताए ।

कार्यक्रममा संघका तालिम संयोजक माधव ढकालले सिकाई कहिलै अन्त्य नहुने भन्दै पछिल्लो समय संघको तालिममा आकर्षण बढेको बताए । तालिममा २५ जना सहभागी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?