© २०२३
लमही, ३१ जेठ । दाङमा केही दिनदेखि बढेको गर्मी स्थिर रहे पछि पून विद्यालय २ दिनका लागि बन्द भएका छन । विद्यालयमै विद्यार्थी बेहोस हुन थालेको र अभिभावकले केही दिन विद्यालय बिदा दिनुपर्ने माग समेत गरे लगत्तै दाङमा पून २ दिनका लागि विद्यालय बन्द भएका छन । घोराही, लमही लगायत पालिकाहरूले सबै विद्यालय २ दिनका लागि बन्द गरिएको लमही नगरपालिकाका उपमेयर लक्ष्मी योगीले बताइन् । लमहीमा तापक्रम उच्च भएपछि केही दिनका लागि विद्यालय बन्द गरेको लमही नगरपालिकाका मेयर जोगराज चौधरीले बताए । लमहीमा बुधबार ४४ डिग्री तापक्रम मापन गरिएको छ ।
गर्मिले विद्यार्थी लगायत सबैको जनजीवन प्रभावित बनेको छ । गर्मीसँगै चलेको तातो हावाका कारण यहाँको चहलपहल निक्कै घटेको छ । अति आबश्यक बाहेक अन्य कामकाज समेत प्रभावित बनेको छ । मौषमबिदका अनुसार केही दिन गर्मी अझै बढन सक्ने बताउँदै आइतबारदेखि वर्षा हुने बताएका छन । गर्मीका कारण बिद्यार्थी बेहोस समेत हुन थालेका छन् ।
अधिकाँस क्षेत्रबाट प्रायः किनमेल अथवा अन्य कामले मानिसहरू लमही बजारमा आउने गर्दछन । प्रमुख ब्यापारिक थलोका रूपमा रहेको लमही बजार लगायत अन्य बजारहरू अहिले भने ठप्प जस्तै छ । सुनसान देखिने बजारको व्यापार अहिले ओरालो लागेको छ ।
चर्को गर्मीका कारण बजार सुनसान जस्तै भएको हो । केहीदिन यता अत्यधिक बढेको गर्मीका कारण बजार सुनसान भएको ब्यापारीहरूको भनाइ छ । गर्मीले घरमै मानिसहरु रोकिँदा ब्यापारमा ह्रास भएको उनिहरूले चिन्ता ब्यक्त गरे । त्यसैले बहिनीहरूलाई सल्लाहमा बिदा दिएको छु ।’
खुल्ला सिमा बजारले प्राथमिकता पाउँदा सुस्ताएको देउखुरीका व्यापारी केन्द्र गर्मी सँगै आर्थिक मन्दिले थला पर्न थालेका छन ।
व्यापार नहुँदा बैँकको ब्याज समेत तिर्न नसकिरहेकोलमही ब्यापारीए गुणासो गरे । ‘ठूलो पसलमा ठुलै लगानी हुन्छ, ऋणबाटै सामान भर्ने हो भने–यस्तो अबस्थाले कसरी ऋण तिर्नु, घरायसी खर्च त छँदैछ, उता साहुहरूको ताकेता पनि सहन परिरहेको छ ।’ हेर्नेबेला व्यापार गरेको छ, पैसा कमाईराको छ जस्तो देखियो होला तर ब्यापारीको वास्तविक पीडा कसले बुझ्ने? लमहीका व्यापारी पवन गुप्ताले भने ।