ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

फुर्सदको सदुपयोग गरि ‘उद्यमी’

३१ जेष्ठ २०८१, बिहीबार
३१ जेष्ठ २०८१, बिहीबार

बुटवल, ३१ जेठ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाकी पुनम गहतराज फेसन डिजाईनर हुन् । उनले तीन महिना सिकेको सीपलाई व्यवहारिक ज्ञानसँग जोड्दै अहिले उक्त पेशामा छिन् । उनले गत वर्ष तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको तीन महिने फेसन डिजाइन तालिम लिएपछि आफैले पनि गर्न सकिने रहेछ भन्ने लागेको बताउँछिन् । गहतराज भन्छिन्–मलाई पहिलेबाट नै नयाँ नयाँ डिजाइनका सामान देख्यो कि असाध्यै मन पर्ने, अरूले लगाएका भन्दा भिन्नै लगाउन मन पर्ने मेरो स्वभाव थियो । त्यसैले पनि छोटो तालिमले पनि मलाई व्यवसायिक बनाएको हो ।

गत वर्षको तालिमले मलाई आफ्नो र आफना नजिकका साथीहरूका लागि सामानहरू बनाएँ । घरै तालिम लिएकाहरू मिलेर सामान निर्माण गर्ने बेच्ने गर्ने गरेका थियौं । यसरी उत्पादन गर्ने केही मुनाफाहरू कमाई रहेको बेलामा फेरी तिलोत्तमा नगरपालिकाले पहिले तालिम लिएका २५ जनालाई एड्भान्स तालिम दियो । त्यसपछि त हामीले यसलाई अझै व्यवसायी बनाएका छौं । अहिले मणिग्राममा मेरो पसल छ । त्यहाँबाट बेचिरहेका छौं । घरमा त्यसै बस्न भन्दा नगरले दिएको तालिमले मलाई मात्रै होईन हामी धेरै साथीहरूले फुर्सदको समयमा आम्दानी गरिरहेका छौं । हाम्रो यो समूहका साथीहरूले सामान्य १५ रुपियाँका कपाल बाध्ने लवडदेखि २५ हजार रुपियाँ सम्मका महङ्गा महिलाहरूले प्रयोग गर्ने लेहङ्गा कुर्ता लगायतका सामानहरू बनाएर बेचिरहेका छौं ।

सहनशील उद्यमी महिला समूहकी शन्ति गौतम पनि नगरपािलका आयोजना गरेको अचार बनाउने तालिम लिएकी छन् । तालिममा २५ जना भए पनि तीन जनाको समुहले घरमा नै विभिन्न प्रकारका अचार बनाउने र बेच्ने गरेका छन् । उनीहरूले नगरले दिएको एकहप्ताको तालिम लिएर उत्पादन शुरु गरेका हुन् । शान्ति भन्छिन् पहिले घरमा नै काम गर्ने गाईबस्तु बालबच्चा बाहेक केहि थिएन । अहिले आर्थिक उत्पादनसँग जोडिन पाउदा खुशी लागेको छ । यो पनि हामी सामान्य लेखपढ गर्नेहरूका लागि ठूलो अवसर हो । यो समूहमा केशरी श्रेष्ठ र जमुना सापकोटा छन् । उनीहरूले घरायसी काम सक्ने बित्तिकै भेला भएर व्यवसायी काम शुरु गर्दछन् ।

उनीहरूले सिर्जन अनुसारका अचार तयार गर्ने र बेच्ने काम गरिरहेका छन् । समूहकी सदस्य जमुना भन्छिन् हामीले धेरै प्रकारका अचार बनाएका छांै त्यस मध्ये मासुको अचार पनि बनायौ यो अलि महङ्गो पर्ने भएकाले यसलाई बेच्ने गरि बनाएका छैनौं । अरू अचारलाई ३ सय ५० देखि ४ सय सम्ममा बेच्ने गरेका छौं । यसलाई आगामी दिनमा अझै धेरै उत्पादन गरेर बिक्री गर्ने लक्ष्य छ । त्यसै गरी बाँसघारी देवी लघु उद्यमी समूहकी मिना भण्डारी पनि नगरले दिने तालिमबाट नै व्यवसायिक महिला बन्ने दौडमा छिन् । उनी भन्छिन्–हाम्रो समूहले घरमै बनाउन सकिने आलुका परिकार, मस्यौरा उत्पादन र बिक्री शुरु गरेका छौ । अहिले धेरै उत्पादन गर्न नसके पनि गाउँ टोल र नजिकका आफन्त सम्म पुयाएका छौं । घरको काम धन्दा सकेर फुर्सदको समयमा हामीले यो काम थालेका छौ । यहि उद्यमले पनि हामीलाई व्यस्त बनाएको छ । त्यति मात्र होईन दुईचार पैसाका लागि हामीले कसैसँग हात थाप्नुपर्ने अवस्था कम भएको छ । त्यो अवस्थालाई अझै बलियो बनाउने गरी हामीले काम गरेका छौ । धेरै उत्पादन गर्ने बेच्ने हो भने आम्दानी पनि रामै हुन्छ भन्ने लाग्छ ।

तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरदेवी चौधरीले महिलाहरूलाई आर्थिक उपार्जनसँग जोड्न सके समाजमा हुने धेरै प्रकारका हिंसा आफै कम हुने बताइन । त्यसका लागि पनि नगरपािलका धेरै सीपमुलक कार्यक्रमहरू आयोजना गरेको छ । चौधरी भन्छिन् भन्न त नगरले तालिम मात्र गराउँछ भन्ने आरोप छ तर हामी वास्तवमा जसको रुचि छ उसैलाई छनोट गर्ने गरेका छौं तालिम पनि बेसिक मात्र होईन हामीले एड्भान्स पनि दिएर उनीहरूलाई दक्ष बनाउने उद्देश्यका साथमा काम गरिरहेका छौ । कोहि दिदीबहिनीहरू घरको काम सकेर अचार बनाउनु हुन्छ कसैले सिलाईकटाई त कसैले ब्युटीसियनको काम गरिरहनु भएको छ । हामीले सीपसँगै उद्यमी बन्न प्ररित गरिरहेका छौ त्यसका लागि बिउपुँजी समेत व्यवस्था गरेका छौ । महिलाहरूलाई आर्थिक उपार्जनको बाटो लैजान सके समाज परिवर्तनलाई पनि सफल बनाउन सकिन्छ भन्ने विश्वास छ ।

उनी भन्छिन्, आर्थिक अवस्था कमजोर भएपनि केही गर्छु भन्ने विश्वास बोकेर आउने महिलाहरूका लागि नगरले आर्थिकसँग जोडेर उद्यमशील बनाउने अभियानमा लगाउने बताईन । जहिले सम्म दिदी बहिनीहरूले आफनै वरिपरि रहेका चीजबीजहरूलाई व्यवस्थापन व्यवसायी बन्न सक्नु हुन्न तब सम्म आर्थिक रूपमा अगाडि बढ्न सहज नहुने बताईन । नगरले महिलाहरूलाई सक्षम बनाउँदै आर्थिक रूपमा आफै कमाएर जोगाउन सक्ने महिला नेतृत्व जमाउनका लागि विभिन्न क्षेत्रमा तालिमहरू सञ्चालन गरेको छ । त्यसमा सहभागीहरूलाई सफल बनाउन दोस्रो तेस्रो सम्मका तालिम दिएर व्यवसाय बनाउने उद्देश्य लिएको बताईन । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?