© २०२३
रोल्पा, ३० जेठ । रोल्पाका सबै स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएका छन् । एक नगरपालिका सहित दश स्थानीय तह रहेको रोल्पाका सवै पालिकाहरू पूर्ण खोप सुनिश्चित पालिका घोषित भएका हुन । पालिकास्तरीय खोप समन्वय समितिहरूको आयोजनामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय रोल्पाले जानकारी दिएको छ ।
जिल्लाका दश वटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख विशाल सुवेदीले बताए । जिल्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न सफल भएका छौं, सुवेदीले भने । अब निकट भविष्यमा नै रोल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्छौ कार्यालय प्रमुख सुवेदीले भने । त्यसका लागि २७ जेठमा बसेको जिल्लास्तरीय खोप समन्वय समितिको बैठकले प्रदेशस्तरीय खोप समन्वय समितिलाई अनुगमन गर्न आग्रह गर्नेल निर्णय गरेको थियो । अनुगमन पश्चात मापदण्ड पूरा भएको सुनिश्चित हुने वित्तिकै रोल्पा जिल्लालाई असार पहिलो हप्ता पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्दैछौं कार्यालय प्रमुख सुवेदीले भने ।
रोल्पा जिल्लाका दश स्थानीय तहमध्ये सबैभन्दा पहिला गत जेठ २ गते सुनिलस्मृति गाउँपालिका र अन्तिममा जेठ २५ गते गंगादेव गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका थिए । जेठ ३ गते त्रिवेणी गाउँपालिका, जेठ ७ गते रोल्पा नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो । यस्तै जेठ १३ गते लुङ्ग्री गाउँपालिका , जेठ १७ गते माडी गाउँपालिका, जेठ १८ गते सुनछहरी गाउँपालिका, जेठ १० गते परिवर्तन गाउँपालिका, जेठ २२ गते रुन्टिगढी गाउँपालिका, जेठ २४ गते थबाङ गाउँपालिका र जेठ २५ गते गंगादेव गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा भएको स्वास्थ्य कार्यालय रोल्पाले जानकारी दिएको छ ।
स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न नेपाल सरकारले तयार गरेको राष्ट्रिय खोप तालिकाअनुसार बालबालिकाले विभिन्न १३ प्रकारका खोप निःशुल्क लगाउनुपर्छ । शुन्य देखी ५९ वर्षका सवै वालवालिको यी खोप लगाएको सुनिश्चितता भए पश्चात मात्रै पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिन्छ ।