© २०२३
बर्दघाट, २९ जेठ । पानीको मुहान सँरक्षणका लागि वृक्षारोपण सँगै चुरे क्षेत्रको विनास रोक्न आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन । बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाले साताब्यापी रुपमा आयोजना गरेको २५ औँ राष्ट्रिय सरसफाई सप्ताहको समापन कार्यक्रममा बोल्दै वक्ताहरुले उक्त कुरामा जोड दिएका हुन ।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले शुद्ध पिउने पानी जनताको नैसर्गिक अधिकार रहेको र हरेक नागरिकको पहुँचमा शुद्ध पिउने पानी पु¥याउन प्रतिवद्ध रहेको बताए । उनले चुरे सँरक्षण गर्न नसके भविष्यमा विकराल समस्या उत्पन्न हुन सक्ने बताउँदै आम जनतालाई चुरे पहाड र पानीको सम्बन्धको बारेमा सचेत गराउनु पर्ने बताए ।
कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्यायले खानेपानीे मुहान सँरक्षणमा वृक्षारोपण र भएको वन क्षेत्रको सँरक्षण गर्नु पर्ने बताए । उनले स्वच्छ सफा नगर निर्माणको लागि नगरबासीबाटै नकुहिने फोहोरको उचित ब्यवस्थापन गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बेधविना तिवारी, पारिजात सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कमान सिँह थापा, सल्लाहकार रविन्द्र विक्रम हमाल, वरिष्ठ वन अधिकृत रविन्द्रनाथ चौधरी, सँस्थाका उपाध्यक्ष कमल थापा लगायतले सम्बोधन गरेका थिए ।
समापन कार्यक्रममा सँस्थाले ४ जना बर्दघाट बजार विकास समितिका, १ जना सार्वजनिक शौचायलका सरसफाइकर्मीहरुलाई सम्मान पत्र र नगदले सम्मान गरेको थियो भने सरसफाइमा प्रयोग हुने बुट, ग्लोब्स, मास्क लगायतका सामाग्री प्रदान गरेको थियो । यस्तै हरियाली प्रवर्धनमा सहयोग पुर्याएका सँस्थाहरु बर्दघाट बजार विकास समिति, शसस्त्र प्रहरी वल, सिमा सुरक्षा तालिम शिक्षालय, गरिमा विकास बैँक, सिद्धार्थ बैँक र मुक्तिनाथ विकास बैँकलाइ समेत सम्मान पत्र र दोसल्लाले सम्मानित गरेको थियो ।
सँस्थाका अध्यक्ष दिपक लम्सालले सरसफाई सप्ताहको आवश्यकता र सँस्थाले गरेका कामहरुको बारेमा जानकारी गराएका थिए । जेठ २३ गतेबाट २९ गतेसम्म सँस्थाले कार्यालय परिसरमा वृक्षारोपण, आयोजना क्षेत्रभित्रका विभिन्न पार्क र मन्दिर परिसरमा सरसफाई एवम् वृक्षारोपण, सरोकारवालाहरुसँग अन्तरक्रिया लगायतका कार्यक्रमहरु गरेको थियो ।