© २०२३
बुटवल, २९ जेठ । मेडिटेक इन्टरनेशनल हस्पिटल एन्ड रिसर्च सेन्टर बुटवलले अस्पतालमा रक्तदान कार्यक्रम गरेको छ । मंगलबार अस्पताल परिसरमा सम्पन्न कार्यक्रममा अस्पताल र अस्पताल अन्तर्गतका भगिनी संस्थाका कर्मचारी समेत गरी ५१ जनाले रक्तदान गरी ५१ प्वाइन्ट रगत संकलन भएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले नियमितरुपमा रक्तदान अभियानलाई निरन्तरता दिएको अस्पतालका अध्यक्ष झबिन्द्र प्रसाद कंडेलले बताए । रक्तदानले व्यक्तिको ज्यान बचाउन ठुलो सहयोग पुग्ने भएकोले अस्पतालले विभिन्न समयमा रक्तदान गर्दै आएको बताए ।
अस्पतालका प्रबन्ध निर्देशक गणेश ज्ञवालीले मेडिटेकले विरामीहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवासंगै विभिन्न ५ वटा कार्यक्रमहरु सन्चालन गरेको बताए । उनले अस्पतालसंगै स्कुल, नर्सिङ, ल्याब र एचएलगायतका कार्यक्रमहरु सन्चालन भएको बताए ।
रक्तदाताहरुलाई अस्पतालका अध्यक्ष कंडेल, सन्चालक शोभाकर पोख्रेल,प्रशासकीय प्रमुख कृष्ण प्रसाद ज्ञवाली, जनसम्पर्क अधिकृत बाबुराम खनाललगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।