© २०२३
बुटवल, २७ जेठ । रियल ड्रिम एजुकेसन कन्सल्टेन्स प्रालिले सेप्टेम्बर ईन्टेक लक्षित बुटवलमा ईभेन्ट गर्ने भएको छ । वृटिस एजुकेसनलाई प्रमोट गर्ने गरि युके स्पेशलिष्ट एजुकेसन सेवा दिदै आएको रियलले नया ब्यवस्थापनसहित जेठ २९ गते विद्यार्थीहरुलाई शैक्षिक इभेन्ट गर्ने भएको हो । रियल ड्रिमका अपरेसन डाईरेक्टर अर्जुन पौडेलले २१ वर्ष देखि युके (लण्डन) मा अध्ययन गर्ने विद्यार्थीहरुमा सेवा दिएको अनुभवकै कारण गुणस्तरीयता र विश्वासिलो भएको दाबी गरे । ‘बुटवलमा पनि आठ वर्ष देखि सेवा दिदै आएका छौ ।’—उनले भने ।
नेपालमा मात्र एस्क्लुसिभ र प्रिफर्ड गरि योर्क सेन्ट जोहन युनिभर्सिटि, ईस्ट लण्डन, वर्कसेस्टरसंग सहकार्य गर्दै आएको उनले बताए । यसैगरि अन्य विश्वका विभिन्न देशमा ४२ वटा विश्वविद्यालयसंग आवद्घ रहेको समेत बताए । काठमाण्डौ, चितवन, बुटवल र अस्ट्रेलियामा समेत शाखा रहेको रियलको २९ गते अब आउदो सेप्टेम्बर ईनटेक बारे, भिसा र कोर्षको नया अपडेट जानकारी दिईने बताए । विशेष ईभेन्टमा कोर्षका बारेमा जानकारी, अभिभावकहरु प्रक्रिया र विश्वविद्यालय छनौटमा प्रत्यक्ष सहभागी हुन पाउने उनले बताए । ‘हामीले २ सय विद्यार्थी आउने आकलन गरेका छौ ।’—उनले भने ।
सेप्टेबर र जनवरी दुई ईन्टेकमा जानेमा अग्रेजीमा राम्रो र तयारी गरेरमात्र पठाईन जरुरी रहने उनले बताए । ब्याचलर अध्ययन गर्नेलाई न्युनतम ३ वर्षसम्म खर्च अभिभावकले ब्यहोर्नुपर्ने उनले बताए । विभिन्न ईन्टेक अनुसार फरकफरक देशमा हजारौ विद्यार्थी अध्ययनमा पठाउन सफल भएको बताए ।