© २०२३
बुटवल, २७ जेठ । मेडिकल ल्याबोरेटरी एशोसियशन अफ नेपाल (मेलान) ले आफनो स्थापना दिवसमा सामाजिक उत्तरदायित्व अन्तरगत बृद्धाश्रममा खाद्यान्न तथा फलफूल प्रदान गरि मनाएको छ । मेलानको १९ औं स्थापना दिवसको अवसरमा मेलानका रुपन्देही, केन्द्रिय समिति र लुम्बिनी प्रदेशको आयोजनामा शनिबार बुटवल उपमहानगरपालिका वडा नं. २ मा रहेको श्री सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैंजु बृद्धाश्रममा खाद्यान्न, सरसफाईका सामान तथा फलफूल वितरण गरिएको हो ।
पारिवारीक कारण समस्यामा परेका बृद्धबृद्धालाई सहयोग मिल्ने गरि बृद्धाश्रम स्थापना गरिएको आश्रमका अध्यक्ष महेश्वर श्रेष्ठले बताउदै यसमा संघसंस्थाहरुको सहयोग निरन्तर जरुरी रहेको बताए । कार्यक्रममा मेलान केन्द्रिय सचिवालय सदस्य गुणनिधि खनाल, मेलानका प्रदेश उपाध्यक्ष मानबहादुर श्रेष्ठ, मेलान रुपन्देहीका अध्यक्ष नारायण पौडेलले सहयोग सामग्री हस्तान्तरण गरे । यसैगरि स्थापना दिवसमा शनिबार जिल्लाका सबै ल्यावमा निल्शुल्क सुगर परिक्षण गरिएको मेलान रुपन्देहीका अध्यक्ष नारायण पौडेलले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी