© २०२३
काठमाडौं,२७ जेठ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसी सम्झौता अनुमोदन गर्नु गम्भीर त्रुटि भएको बताएका छन् । आइतबार काठमाडौँमा नेपालमा समाजवादी क्रान्ति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले एमसीसी अनुमोदन नेपालको कम्युनिस्ट आन्दोलनकै गम्भीर त्रुटि (ब्लन्डर मिस्टेक) भएको टिप्पणी गरेका हुन् ।
देशको राष्ट्रियतामाथि खतराहरू बढिरहेका र साम्राज्यवादी , प्रभुत्ववादी शक्तिहरू अनेकन् प्रकारले घुसपैठ गरिरहेका भन्दै त्यो घुसपैठका विरुद्ध नेपाली जनतालाई देशभक्तिपूर्ण भावनाबाट हर बेलामा उठाउनुपर्ने खनालले बताए । उनले एमसीसी सम्झौतालाई अनुमोदन गर्ने काम नेपाल सरकारका तर्फबाट भएको बलण्डर मिस्टेक हो भने ।
उनले एमसीसी अनुमोदन नेपालको कम्युनिस्ट आन्दोलनकै बलण्डर भएको र एमसीसी अनुमोदन गर्ने नेताहरूले त्यसको फल प्राप्त गर्नुपर्ने पनि बताए । ‘जुन जुन नेताहरूले त्यो कामहरू गरे उनीहरुले फल प्राप्त गर्नुपर्ने स्थिति आउने खनालको भनाइ छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा २०७८ फागुन १५ गते एमसीसी संसद्बाट अनुमोदन भएको थियो । त्यसमा नेपालका प्रमुख कम्युनिस्ट पार्टीहरूले साथ दिएका थिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी