© २०२३
बुटवल, २७ जेठ। नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखाको १३५ औ नियमित रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रमको तिनाउ ईन्टरनेश्नल हस्पिटल प्रा लिका अध्यक्ष चिरञ्जीवी जोशीले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गर्दै रगत अभाव रोक्न समाजको भुमिकाबारे प्रकाश पारे । समाजमा मानवताको सबैभन्दा उत्कृष्ट कार्य रक्तदात भएको भन्दै आगामी दिनमा सहकार्य गरेर अघि जाने उनले प्रतिवद्धता जनाए ।
नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदाताको संख्या बढेपनि रगत अभाव कम नभएको दाबी गरे । रगत आवश्यक पर्ने बिरामीका आफन्तलाई रक्तदान गर्न तर्फ उत्प्रेरणा जगाउने गरि सचेतनाका कार्यक्रम गर्न आवश्यका रहेको उनले बताए ।
कार्यक्रमलाई डा अलिसा सिहबाट प्रायोजन तथा नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार सेवा केन्द्र बुटवलका प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ५० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक समाजका कोषाध्यक्ष तुल्सा न्यौपाने सिंहले बताईन ।
यसैबिच नेपाल स्वयंसेवी रक्तदाता समाजको आजीवन सदस्यता वितरण तथा सम्मान कार्यक्रम समेथ भएको समाजका सचिव अर्जुन पौडेलले बताए । कार्यक्रममा नेस्वरस रुपन्देही जिल्ला शाखा महासचिव प्रसन्न श्रेष्ठ, सदस्य जानकी नेपाल, कमल थापा, आकाश पन्थ, अलाउदिन खान, गोबिन्द भुसाल, कमल भण्डारीले नियमित रक्तदान र यसका फाईदा सबैले बुझनुपर्ने बताए ।
सुनौलो भविष्य पुरुष जागरणद्धारा नवौ रक्तदान
यसैबिच सुनौलो भविष्य पुरुष जागरण बुटवल १५ द्धारा नवौ रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रमको बुटवल उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं. १५ का वडा अध्यक्ष शिव रानाले ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान अभियानलाई टोलटोलमा लैजानुपर्ने बताए ।
हरेक नागरिकलाई निशुल्क रगत उपलब्ध गराउने गरि स्थानिय सरकार नितिगत रुपमा काम गरेको र यसको कार्यान्वनमा समाजका युवाहरुको अगुवाई जरुरी रहेको उनले बताए ।
कार्यक्रममा संस्थाका अध्यक्ष पदम प्रसाद ढकाल, सेमलार खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष प्रेम पौडेल, रुपन्देही उद्योग संघका उपाध्यक्ष जिवकान्त काफले, जनप्रतिनिधिहरु रमा पराजुली, मंन्जु दर्जी, कुल प्रसाद लम्साल, सुर्य प्रसाद काफलेले सामाजिक काममा एक ठाउ उभिएर लाग्नुपर्ने बताए ।
नेपाल रेडक्रस सोसाईटी, रक्तसंचार केन्द्रको प्रविधिक सहयोगमा भएको कार्यक्रममा ४४ पिन्ट रगत संकलन भएको सचिव राजन मल्लले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी