Butwal Today

तिलोत्तमा वाणिज्य संघको अध्यक्षमा ज्ञानेन्द्र कार्की

२६ जेष्ठ २०८१, शनिबार
अ+
अ-

तिलोत्तमा, २६ जेठ ।

तिलोत्तमा उद्योग बाणिज्य संघको दशौं साधारण सभा तथा चौथो अधिवेशनबाट ज्ञानेन्द्र कार्की अध्यक्षमा चयन भएका छन् । शनिबार सम्पन्न अधिवेशनबाट कार्की सर्वसम्मत अध्यक्षमा चुनिएका हुन् ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सुरज पंगेनी, उद्योग उपाध्यक्षमा सूर्यप्रसाद न्यौपाने, बाणिज्य उपाध्यक्षमा विष्णुप्रसाद भण्डारी, महासचिवमा राजकुमार पाण्डे, कोषाध्यक्षमा टिकाराम भण्डारी, सचिवमा बीना न्यौपाने, सहसचिवमा कृष्णप्रसाद पाण्डे र सहकोषाध्यक्षमा वसन्त रोका चुनिएका छन् ।

त्यसैगरी महिला सदस्यमा राधिकादेवी शर्मा, सदस्यहरु खुल्लातर्फ शेरबहादुर थापा, छोटेलाल यादव, रोमनाथ गैरे, गंगाराम पाण्डे, नरेशबहादुर क्षेत्री, कमल भुसाल, अर्जुन पराजुली, शालिग्राम वस्ती, अंकित भुसाल, गोविन्द रेग्मी र अर्की महिला सदस्यमा अन्जना केसी रहेका छन् ।