ट्रेंडिंग:

>> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै >> दयाहाङ र रिश्मा फेरी एकसाथ, ‘रिमै’ को छायांकन शुरु

फुलबारी गाईज बुटवलको छैटौ रक्तदान कार्यक्रम

रगत अभावको बेला १ सय ३ जनाले गरे रक्तदान
२५ जेष्ठ २०८१, शुक्रबार
२५ जेष्ठ २०८१, शुक्रबार

बुटवल, २५ जेठ। विभिन्न रक्त समुहको रगत अभाव भैरहेको बेला फुलबारी गाईज बुटवलले शुक्रबार वृहत रक्तदान कार्यक्रम गरेको छ । युवा एकता समाजको समृध्दिता नारासहित रुपन्देहीमा स्थापना भएको फुलबारी गाईज बुटवलले सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका प्रबक्ता तथा क्लबका पूर्व अध्यक्ष समेत रहेको युवा शिव रानाले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गर्दै उद्घाटन गरे । समाज परिवर्तन र युवाहरुमा उत्प्रेरणा जगाउन सामाजिक संघसंस्थाहरुको महत्वबारे प्रकाश पार्दै क्लबमा लामो नेतृत्वको अनुभवबाट खारिएर अहिलेको अवस्थामा आएको उनले बताए । ‘क्लबमा बसेर काम गर्दा समाज बुझन सिकाउछ ।’—उनले भने । यही अनुभवबाट पाठ सिकेर जनप्रतिनिधिका रुपमा काम गर्न सफल भएको उनले बताए ।

कार्यक्रममा क्लबका अध्यक्ष तेजु रानाले नया नेतृत्वमा आएसंगै सबैको सल्लाह, सहकार्यमा युवाहरुलाई एकतावद्घ गर्दै क्लबको गतिविधिलाई अगाडी बढाएको बताए । यस क्षेत्रमा खेलकुद, सामाजिक उत्तरदायित्व र सचेतनाका कार्यक्रममा क्लबको पहिचानलाई अझ उचो हुने गरि निरन्तर कामको योजना अघि बढाएको उनले बताए ।

कार्यक्रममा क्लबका संरक्षक यम प्रसाद गलामी, वरिष्ठ सल्लाहकार हसन्त लामा, क्लबका सचिव सरु थापाले समाज रुपान्तरणमा युवाको भुमिकालाई मध्येनजर गरि सरकारबाट सहयोग जरुरी रहेको बताए ।

लिक ईन्टरनेश्नल प्लेसमेन्ट सर्भिसेज प्रालिको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १ सय ३ जनाले रक्तदान गरेको संयोजक थम्मन पुनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?