© २०२३
बुटवल, २४ जेठ । लुम्बिनी प्रादेशिक अस्पतालमा नवनियुक्त मेडिकल सुपरिटेन्ट डा ईन्द्र ढकाललाई नेपाल चिकित्सक संघ लुम्बिनीले बधाई तथा शुभकामना दिएको छ । संघको सचिवालयमा विहिबार बसेको बैठकबाट नवनियुक्त मेसु ढकाललाई संघका अध्यक्ष डा कृष्ण खरेलसहितको टिमले खादा, मालासहित कार्यकालको सफलताको शुभकामना दिए ।
लुम्बिनी प्रदेशकै गौरबको आयोजना रुपमा रहेको प्रादेशिक अस्पतालको स्तरवृद्धिलाई यथाशिघ्र पुरा गर्न समेत डा खरेलले सुझाव दिए । कार्यक्रममा मेसु ढकालले सबैको साथ र सहयोग मिले तोकिएको समयमा पुर्वाधारको काम सकेर आम नागरिकलाई सहज सेवा दिने वातावरण सृजना गर्ने प्रतिबद्धता जनाए ।
यसैगरि संघको बैठकबाट प्रेस सल्लाहकारमा बुटवलटुडेका उपसम्पादक स्वस्तिक श्रेष्ठ तथा कानुनी सल्लाहकारमा अधिवक्ता गोबिन्द मरासिनीलाई मनोनित गरेको सचिव डा प्रकाश बस्नेतले बताए ।