ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

मुक्त कमैयाको एउटै प्रश्न लालपूर्जा कहिले पाउने ?

२४ जेष्ठ २०८१, बिहीबार
२४ जेष्ठ २०८१, बिहीबार

दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ को कपासी वगिया गाउँमा एउटा बस्ती बसेको दुई दशक नाघेको छ । जिल्ला प्रशासन कार्यालयको स्वामित्वमा रहेको यो जग्गामा कमैयाहरु २४ वर्ष अघि बसेका हुन् ।

अर्को व्यवस्था नहुन्जेलसम्म भन्दै अस्थायी रुपमा बस्न भनिएको यतिका वर्ष बिति सक्दा पनि मुक्त कमैयाहरुको स्थायी थातथलोको टुंगो लागेको छैन । गीता चौधरी त्यही मुक्त कमैया शिविरमा बस्दै आएकी छन् । उनी भन्छिन्,साउनको झरीमा उद्धारपछि यो जग्गामा बसालियो । हतारमा बसलिएका मुक्त कमैयाहरुलाई पछि दीर्घकालीन रुपमा व्यवस्थापन गर्छौँ भन्नेहरु खै कता हराए थाहा भएन ।

गीता जस्तै मुक्त कमैया शिविरमा बस्दै आएकाहरुको अवस्था हिजो जस्तो थियो आज पनि उस्तै अलपत्र अवस्थामा छ । यो जग्गामा बसेको २४ वर्ष बित्यो । ‘हिजो जस्तो अवस्थामा हामीलाई यहाँ छाडियो हाम्रो नियति आज पनि उस्तै छ । हामीसँग बस्ने आफ्नो बास छैन । सरकारी जग्गामा बसेर कति दिन पुग्ला, गीताले भनिन् ‘हामीलाई कहिले स्थायी रुपमा व्यवस्थापन गरिन्छ ? आशा गर्दा गर्दै यति वर्ष बित्यो । उतिबेला हामीसँगै बसेकाहरु कोहीँ मरिसके । कमैया परिचय पत्र पनि छैन । समाजमा बस्न कठिन छ ।’

‘नागरिकता परिचय पत्रले म मुक्त कमैया हुँ भन्ने हुने रहेनछ । कुनै ठाउँमा गएर कुरा राख्दा परिचय पत्र माग्छन् । भन्ने बेला सबै कुरा निशुल्क भयो भन्छन् तर व्यवहारमा छैन’ उनले भनिन् ‘सीपमुलक काम सिकाए पनि रोजगार गर्न सकिन्थ्यो । आफ्नै पेट पाल्न गाह्रो छ ।’
घोराही उपमहानगरपालिका वडा नम्बर १४ झिगौराका प्रविण दहित थारुले स्वर्गद्वारी गुठीको मोही जग्गा उपभोगमा समस्या भई रहेको भन्दै लामो समयदेखि आन्दोलनरत रहेको बताउछन् ।

‘मोहीको जग्गा उपभोग गर्न पाएनौँ । पुस्तौनी रुपमा मोही हक रहेको जग्गामा भोगाधिकार नभएको अवस्था छ’ उनले भने, ‘जिल्लामा ३ हजार मोही किसान घरबार विहिन हुनु परेको छ । मोही हक अधिकार कहिले पाउने हो ? बाउबाजेको पालादेखिको समस्याको निकास आखिर कहिले निस्कने हो ? सरकारसँग गरेको सहमति पनि पालना गर्न किन ढिलाई भईरहेको छ ?’

राप्ती गाउँपालिका वडा नम्बर १ लालमटियाको सुकुम्बारी टोलमा बस्दै आउनुभएका टेकबहादुर रावतले लामो समयदेखि आफुहरुको समस्या सुनुवाई हुन नसकेको बताए । उनले जिल्लामा रहेका कमैयाहरुको अवस्थामा ज्युका त्युँ भएको बताए । उनका अनुसार, जिल्लामा छुट कमैया ३ हजार ६ सय २९ जना रहेको र यसका बारेमा सरकारले गम्भीरतापूर्वक सोँच्नुपर्ने बेला आएको छ ।

‘हिजोका दिनमा आयोग अध्यक्षले स्थानीय तहलाई देखाउने अनि स्थानीय तहले आयोग अध्यक्षलाई देखाउने तर काम नहुने अवस्था थियो । अहिले आयोग पनि खै कता छ ? यो अवस्थामा हामी कहाँ जाने ? कसलाई भन्ने हो, भनेर नसुन्नेलाइ कति भन्नु र खै ?’उनले भने ‘लामो समय बिति सक्यो । काम किन भएन, काम गर्न बसेकाहरु काम गर्दैछौँ भन्न लागेको पनि वर्षौ बित्यो । आखिर हामी गरिब जनताको काम गर्न के ले छेकेको छ ?’
गढवा गाउँपालिका वडा नम्बर ५ की फूलमति चौधरीले आफुहरुसँग लालपूर्जाको जग्गा नभएको बेला सेतो फाराम भर्न दवाव दिएको गुनासो पोखिन् । ‘ऐलानी जग्गामा बस्नु परेको छ । रातो फाराममा भर्न खोज्दा सेतो फर्ममा भर्न पठाईयो । यसो गर्दा हामीलाई अन्याय भएको छ’ उनले भनिन् ।

मुक्त कमैया जस्तै दाङमा अभिलेख भएका भूमिहीन, अव्यवस्थित बसोबासी, सुकुम्बासीहरुको लालपूर्जा प्राप्तिको प्रकृयामा स्थानीय सरकारले कम चासो दिँदा अपेक्षाकृत रुपमा काम अघि बढ्न नसकेको बताउने गरिएको छ ।
दाङमा सात सयभन्दा बढी मुक्त कमैयाले घरबारका लागि जग्गा पाएका छन् । मुक्त कमैया समाज दाङका अनुसार १ हजार ४ सय २६ जनाले मुक्त कमैयाको परिचयपत्र पाएका छन् । तीमध्ये ७ सय ५ जनाले जग्गा र लालपुर्जा पाएका छन् । तर, लालपुर्जा पाएकामध्ये ६ जनाले भने अझै जग्गा नपाएको समाजका अध्यक्ष हरिचन्द्र चौधरीले जानकारी दिए ।

सरकारले विवादित जग्गाको लालपुर्जा दिँदा मुक्त कमैयाले जग्गामा आवास र जोतभोग गर्न नपाएको उनको भनाई छ । सरकारले मुक्त कमैया व्यवस्थापनमा ढिलाई गर्दा अझै तीन हजार ३ सय ८५ जना मुक्त कमैयाले कुनै पनि परिचयपत्र पाउन नसकेको उनको भनाइ छ । मुक्त कमैयाको व्यवस्थापनका लागि पटक–पटक आन्दोलन र दबाब दिँदै आए पनि अझै समस्या समाधान हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?