Butwal Today

जनजाति नेतृहरू सम्मानित

२४ जेष्ठ २०८१, बिहीबार
अ+
अ-

बुटवल,२४ जेठ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, लुम्बिनी प्रदेश अन्तर्गतका नेतृहरुलाई सम्मान गरिएको छ ।
गत जेठ १८ र १९ गते बाँकेको कोहलपुरमा सम्पन्न महासंघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट प्रदेश सह–सचिवमा चयन भएकी लिलादेवि छन्त्याल र सदस्यमा चयन भएका हरिमाया गुरुङ्ग र रुपा पुलामी मगरलाई सम्मान गरिएको हो ।
कांग्रेस क्षेत्र नम्बर ३ रुपन्देहीका क्षेत्रीय सभापति तथा युवा नेता सुशील गुरुङ्गले देशमा भएका लोकतान्त्रिक आन्दोलनमा आदिवासी जनजातिहरुको महत्वपूर्ण योगदान रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस प्रदेश ३ ‘क’ का सभापति सुरेन्द्रजंग थापा, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश सह–सचिव लिलादेवि छन्त्याल, क्षेत्रीय संयोजक याम बहादुर थापा, जिल्ला उपाध्यक्ष जितमान गुरुङ्ग, कांग्रेस क्षेत्रीय सचिव लेखनाथ भट्टराई, महाधिवेशन प्रतिनिधि विनय ज्ञवाली, क्षेत्रीय कोषाध्यक्ष कृष्ण खनाल,सह–सचिव कुल प्रसाद न्यौपाने, क्षेत्रीय सदस्य योगेन्द्र पाण्डे, सिद्धार्थनगर वडा नम्बर ७ का सभापति भविलाल पौडेल, वडा नम्बर ८ का सभापति टंक ज्ञवाली, ४ का गुरुचरण प्रजापति लगायतले भनाइ राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?