© २०२३
काठमाडौं,२४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले झापाको बिर्तामोडस्थित गिरीबन्धु टी स्टेटको जग्गाबारे गृहमन्त्री रवि लामिछानेले बोल्नसमेत नसक्ने बताएको छ।
बिहीबारको संसद बैठकमा पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्यसमेत रहेका विश्वप्रकाश शर्माले गिरीबन्धुको फाइल खोल्न तयार हो भन्दै प्रश्न गरे।
सर्वोच्च अदालतले गिरीबन्धुमा नीतिगत भ्रष्टाचार भएको निष्कर्षसहितको पूर्णपाठ सार्वजनिक भएको भन्दै महामन्त्री शर्माले उपपप्रधानमन्त्री समेत रहेका लामिछानेले बोल्न समेत नसक्ने ठोकुवा गरे।
‘सत्ता गठबन्धनको सबैभन्दा ठूलो दलको नेताले कांग्रेसले बेचेर ७० बिगा कमिसन खायो भनेर जे आरोप लगाउनुभएको छ, त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दण्डित गर्न तपाईं गिरीबन्धुको फाइल खोल्न तयार हुनुहुन्छ त भन्ने प्रश्न गर्दै उनले फाइल खोल्न होइन, बोल्न पनि उहाँ सक्नुहुन्न भन्ने दावी गरे ।
उनले गिरीबन्धुको फाइल खोल्न सक्ने भए शिक्षामन्त्री सुमना श्रेष्ठमाथि पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति सच्याउन दमदार ढंगबाट भन्न सक्नुपर्ने बताए।
बोल्न सक्नुभएको भए, शिक्षामन्त्री उपरको शब्द फिर्ता लिनुस् सम्माननीय पूर्वप्रधानमन्त्री ज्यू भनेर दमदार ढंगबाट भन्न सक्नुपर्थ्यो तर गृहमन्त्रीले नम्रतापूर्वक पनि भन्न नसकेको शर्माले टिप्पणी गरे ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी