© २०२३
भैरहवा, २४ जेठ ।
नेकपा एमाले रुपन्देहीको आय ब्यय विवरण पारदर्शीता भएको केन्द्रिय लेखा आयोगले जनाएको छ ।
केन्द्रीय लेखा आयोगका उपाध्यक्ष बिष्णु पन्थीले देशभरीका जिल्ला कमिटीको मुल्यांकन गरि पुरस्कृत गर्ने त्यस मध्ये रुपन्देही ए ग्रेडमा पर्ने गरेको बताएका छन् ।
नेकपा एमाले रुपन्देहीको १० औं जिल्ला अधिबेशन ७९/८० सालको लेखा परिक्षण प्रतिबेदन प्रस्तुत गर्दै पन्थीले लेखा परिक्षण कार्यबिधी २०८०बमोजिम सम्पन्न गरिएको बताए ।
हामीले सबै तल देखि माथी सम्मको हिसाब निर्बाचन आयोगलाई बुझाउंछौं । पन्थीले भने, तल जिल्ला कमिटी सम्मको हिसाब बुझाउंछौं । “अरु पार्टीले बुझाउंदैनन । केही भएपनी एमालेको जस्तो पारदर्शीता छैन ।”
अनिबार्य लेखा हिसाब हुने गरेको बताउंदै पारदर्शिताका लागि नेकपा एमालेले लेखा परिक्षण गर्ने गरेको पन्थीले बताए ।
पार्टीको हिसाब किताब र स्कुलिङ पनि नेकपा एमालेमा राम्रो हुनेगरेको उपाध्यक्ष पन्थीले बताए । जिल्ला कमिटीले स्वंय लेखा हुन्छ भने अन्तिममा केन्द्रिय लेखा आयोगले गर्ने पन्थीले बताए ।
नेकपा एमाले रुपन्देहीको केन्द्रिय लेखा आयोगका सचिब शिव हरि अधिकारी, सदस्य बद्री भट्टराई, र सदस्य मोहन राज रेग्मीले लेखा परिक्षण गरेका थिए ।