Butwal Today

सुनको भाउ अहिलेसम्मकै उच्च

२२ जेष्ठ २०८१, मंगलवार
अ+
अ-

काठमाण्डौ ।

सुनको भाउले आज नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ एक हजार सात सय रुपैयाँले बढेर तोलाको एक लाख ४२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । हिजो सुनको भाउ तोलाको एक लाख ४१ हजार रुपैयाँ रहेको थियो । यसअघि जेठ १८ गते सुनको मूल्य अहिलेसम्मकै उच्च एक लाख ४२ हजार दुई सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ पनि आज बढेको छ । चाँदी तोलामा २५ रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।