© २०२३
पाल्पा, २१ जेठ । महालेखा परिक्षकको कार्यालयले जिल्लाका दस स्थानीय तहको लेखा परिक्षणको नतिजा सार्वजनिक गरेको छ । मलेनिकाको नतिजा अनुरूप सबै भन्दा कम बेरुजू तिनाउ गाउपालिका र सबै भन्दा बढि पूर्वखोला गाउँपालिकालाई औल्याएको छ ।
लेखा प्रणाली अनुरूप ऐन कानुनी खर्च नगर्ने प्रवृतिलाई वेरुजु भन्ने गरिन्छ । यसरी सबै भन्दा कम तिनाउ गाउँपालिकालाई ६९ लाख २७ हजार वेरुजु औंल्याएको छ भने सबै भन्दा बढि पुर्वखोला गाउँपालिकाको ७ करोड १७ लाख, २५ हजार रूपैया ५.७४% वेरुजु औंल्याएको छ ।
निस्दी गाउपालिका ५ करोड ८ लाख ६६ हजार ३.३३% बेरुजु सार्वजनिक गरेको छ । दस स्थानिय तह मध्य अधिकाश तलब, भत्ता, गोष्ठी जस्ता र पुरा नगराई उपभोक्ता समितीलाई भुक्तानी गरेको भन्दै वेरुजु औल्याएको हो । यसरी प्रकृया पुरा नगरी खर्च गर्नेमा माथागढी गाउपालिकाको ४ करोड ११ लाख ९४ हजार, रभ्भा गाउँपालिकाको २ करोड ३८ लाख, ५४ हजार, तानसेन नगरको ३ कारोड २ लाख ३३ हजार, रामपुर नगरको १ करोड १६ लाख,९४ हजार, रैनादेवी गाउपालिकाको १ करोड ४३ लाख३४ हजार, रिब्दीकोट गाउपालिकाको ९३ लाख ८६ हजार र वगनासकाली गाउपालिकाको ९८ लाख ७९ हजार रूपैयाँ बेरुजु रहेको औंल्याएको छ ।
वेरुजुलाई कम गर्न स्थानीय निकायलाई पटक पटक सम्बन्धीत निकायले तालिम उपलब्ध गराए पनि त्यसको प्रभावकारी परिमाण आउन नसक्नु भनेको शुशाशन कायम हुन नसक्नु हो । जनप्रतिनिधी दलिय स्वार्थमा लिप्त हुदा कागजी प्रकृया पुरा हुदैन। कर्मचारीले जनप्रतिनिधीको दवावमा काम गर्दा बेरुजुको रकम बढदै गएको स्थानिय तहका कर्मचारीहरू बताउछन् ।