© २०२३
काठमाडौं,२१ जेठ । संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दै छ।
संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक दिउँसो सवा १२ बजेका लागि बोलाइएको छ।
आजको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९–०८०’ पेस गर्ने कार्यसूची छ।
त्यसैगरी बैठकमा आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डले जानकारी दिए।
संघीय संसदमा जेठ १५ गते अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटमाथिको छलफल भोलिसम्म सक्ने तयारी छ।
त्यसैगरी राष्ट्रियसभाको आजको बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी रहने छ।