© २०२३
काठमाडौं,२१ जेठ । चीनका कारण रुस–युक्रेन युद्ध थप लम्बिन लागेको युक्रेनले आरोप लगाएको छ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चीनले स्वीट्जरल्याण्डमा हुन लागेको विश्व शान्ति वार्ता कमजोर बनाउने प्रयास गरिरहेको भन्दै युद्ध चीनकै कारण लम्बिने अवस्थामा पुगेको आरोप लगाए।
उनले चीन र रुसले यो वार्तामा अरु देशलाई सहभागी हुन रोक लगाएको आरोप लगाए। साथै जेलेन्स्कीले रुसले प्रयोग गरिरहेका हतियारसमेत चीनबाट आइरहेको दाबी गरे। तर चीनले भने रुस–युक्रेनमा आफू कुनै पनि पक्षमा नरहेको दाबी गर्दै आएको छ।
अमेरिकाले समेत चीनले रुसलाई सहयोग गरिरहेको र हतियार पठाइरहेको आरोप विगतदेखि लगाउँदै आएको छ। निरन्तरको प्रतिबन्धका कारण रुसको अर्थतन्त्र कमजोर बन्दा चीनले हतियारसहित सबैखाले सहयोग गरिरहेको पश्चिमा देशहरुको अनुमान छ। हालै अमेरिकाले युक्रेनलाई रुसविरुद्ध प्रत्याक्रमण गर्न अमेरिका निर्मित हतियार प्रयोगको अनुमति दिएको थियो।
जारी युद्धमा युक्रेनलाई सहयोग गरिरहेको अमेरिकाले गत अप्रिलमा मात्रै ६१ अर्ब डलरको सैन्य मद्दत स्वीकृत गरेको थियो।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी