ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

किन रोकिदैन मानव तस्करीको जालो ?

२१ जेष्ठ २०८१, सोमबार
२१ जेष्ठ २०८१, सोमबार

आकर्षक तलब पाईने म्यानपावर ब्यवसायीको आश्वासनमा मलेसिया पुगेका एक दर्जन बढी नेपाली काम र तलव त धेरै परको कुरा, खान समेत नपाएर अलपत्र परेपछि सामाजिक अभियन्ताहरूले उद्धार गरेका छन । पुरुषमात्रै होइन महिलाहरू पनि मलेसिया, कतार, दुबई, बहराइर्न, जोर्डन लगायतका देशमा दलालहरूको ठगीमा परेका समाचार सार्वजनिक भैरहेका छन । तीमध्ये कति त विदेशमै प्राण त्याग गर्न बाध्य भएका छन । अरू कति अहिलेपनि अलपत्र छन । उनीहरूलाई झुठो मुद्दामा फसाउने गरिएको छ । हालैमात्र रोमानिया र क्रोसिया लगायतका केही युरोपका देशमा आकर्षक जागिरको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको पाईएको छ । यो श्रृंखला बर्षौंदेखि चल्दै आएको छ । सरकारले समय समयमा नेपालीहरूमाथि अत्याचार गर्ने बैदेशिक रोजगारीमा आवद्ध दलालहरूलाई कारवाही गर्ने कुरा आईरहन्छ तर निर्वाधरूपमा यो प्रकृया चलिरहेको छ । अहिले झनै ठगीको काम फस्टाएको छ । खाडी मुलुकमा पुरुषभन्दा महिलाहरू बढी प्रताडित छन । आकर्षक सेवा सुविधा सहित काम लगाइदिने भन्दै ठगी गिरोहले नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गरेको पनि बेलाबखत सुनिदै आइएको छ । अर्को कुरा अहिले भारतलाई ट्रान्जिट बनाएर ठगीमा सामेल अर्को गिरोहको पर्दाफास भएको छ । केही दिनअघि भारत र नेपाल प्रहरीको सहयोगमा नेपाली युवतीहरूको भारतबाट उद्धार भएको थियो । गिरोहले पर्यटक भिसामा पठाउने र त्यहाँ पुगेपछि काम लगाइदिने प्रलोभन दिने गरेको छ तर पर्यटक भिसामा गएर कुनैपनि किसिमको रोजगारमा संलग्न हुने कार्यलाई गैरकानुनी मानिने विभागले बैदेशिक स्पष्ट गरिसकेकोले कोही पनि दुविधामा पर्नुपर्ने अवस्था छैन । कुनैपनि देश जानका लागि सम्बन्धित देशको भिसा आवश्यक पर्ने हुँदा दलालको भ्रामक र मिथ्या प्रलोभनमा पर्नु हुँदैन । गरिबी, अशिक्षा तथा अनेक कारण कतिपय नेपाली बेला–बेलामा विभिन्न किसिमका बेइमानीका सिकार हुने गरेका छन् । यस्तै बेइमानीको आवरणमा मानव तस्करीको नयाँ रूप देखापरेको छ । मानव तस्करी धन्दा अहिले फस्टाएको छ । केही मानव तस्करहरूको मुख्य पेसा नै विदेशमा नेपालीलाई छलछाम गरेर पठाउनु रहेको छ । मानव तस्करी जस्तो डरलाग्दो तथा जघन्य अपराध फस्टाउनु निश्चित रूपमा सबैका लागि चिन्ताको विषय हो । सरकारका लागि गम्भीर चुनौती हो र यसले दीर्घकालमा समाजमा डरलाग्दो अवस्था सिर्जना गर्नेछ । वैदेशिक रोजगारीका नाममा विदेश जान सपना देखाइएका नेपाली आफ्नो गन्तव्यलगायतका विषयसँग पूर्ण अनभिज्ञ रहेको पाइएपछि नै मानव तस्करीको यो अनौठो आपराधिक घटना पत्ता लागेको हो ।

पछिल्लो केही घटनाक्रमले मानव तस्करीको जालो क्रमिकरूपमा बढ्दै जान थालेको स्पष्ट हुन थालेको छ । मानवीय तथा सामाजिक दृष्टिकोणबाट निकै निन्दनीय यो कार्य रोक्न निकै जरुरी छ । मानिसको जीवनसँग उसको घरपरिवार, राष्ट्र तथा समाजको सम्बन्ध गाँसिएको हुन्छ । निज कुनै किसिमले प्रभावित भएमा ऊसँग सम्बन्धित पक्षहरूसमेत प्रभावित हुनु स्वाभाविक छ । मानव तस्करी नियन्त्रणमा प्रहरीको भूमिका महत्वपूर्ण हुनेमा शंका छैन । यसका लागि प्रहरीले निकै सक्रियतापूर्वक आफ्नो भूमिका निर्वाह गर्नुको विकल्प पनि छैन । मानव तस्करीका आशंका गरिएका अधिकांश व्यक्ति ‘भिजिट भिसा’ मा विदेश जाने गरेको पाइएकाले विमानस्थल अध्यागमन कार्यालयले यसबारेमा सूक्ष्म तथा गहन अध्ययन गर्नु अत्यावश्यक छ । खासगरि नेपाल भारत सिमा नाकामा निगरानीको खाँचो छ । व्यक्तिको बाहिरी आवरण तथा शैलीबाट धेरै कुरा प्रस्ट हुन सक्छन् । खासगरी नेपाल प्रहरीले यस बिषयमा ध्यान दियो भने निश्चितरूपमा समस्या समाधान हुनेछ । त्यसैगरी चेलीबेटी रोकथामसंग सम्वन्धित धेरै संस्थाहरू अहिलेपनि नेपाल भारत सिमावर्ती क्षेत्रमा कार्यरत छन । तिनीहरूको उद्देश्य नै मानव ट्राफिकिङ नियन्त्रण गर्नु हो । तसर्थ नेपाल प्रहरी र प्रशासनसंगको सहकार्यमा प्रलोभनमा पारेर भारततर्फ लैजादै गरिएका नेपाली चेलीलाई सिमाबाटै रोक्नु जरुरी छ । त्यो भयो भनेमात्र भारतको बाटो तेश्रो देश हुने मानव तस्करी नियन्त्रणमा सहयोग पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?