ट्रेंडिंग:

>> कपिलवस्तुमा लागूऔषधसहित २ जना पक्राउ >> विवाहको उमेर २० वर्ष नै कायम राख्न माग गर्दै प्रधानमन्त्रीलाई  ज्ञापन–पत्र   >> बाल्टीमा डुबेर एक बर्षीय बालकको मृत्यु >> मानव कल्याण समाज दाङको आयोजना  ज्ञान  विज्ञान महायज्ञको आय व्यय सार्वजनिक  >> वेष्टर्न रुपन्देही सुपर लिग च्याम्पियन >> उप सम्पादक खनाललाई उत्कृष्ठ सहकारी पत्रकारिता पुरस्कार प्रदान >> स्थानीय तहमा पुग्दै हुलाक कार्यालय, खुम्चिदै सेवा >> लखन कपमा सम्पूर्ण युवा क्लब विजयी >> अन्ततः गायिका एलिना चौहानले गरिन सबन्धबिच्छेद >> भूमि सम्बन्धीबाहेक अन्य ५ अध्यादेशको पक्षमा मतदान गर्न सकिने जसपा नेपालको निर्णय >> पर्सामा भारतीय नागरिकको हत्या आशंका >> लगातार ५ दिनसम्म घटेको शेयर बजारमा आज हरियाली >> स्थानीय तहका कर्मचारीले कर्णाली सरकारलाई दिए चार दिनको अल्टिमेटम >> अमेरिकामा विमान दुर्घटनामा वृद्धि, स्कट्सडेलमा दुई विमान ठोकिए >> संसद बैठक १५ मिनेटका लागि स्थगित >> सेवाग्राही विदेश गएपछि बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किए >> ५५ किलो गाँजा, १३ किलो अफिम, १ लाख बढी रुपैयाँ बरामद >> जसपा नेपालले भुमी सबन्धी अध्यादेशको बिपक्षमा मतदान गर्ने >> निर्देशक एट्लीले सलमान खानसँग ५०० करोडको फिल्म बनाउँदै >> दाङमा खाना पकाउने क्रममा जलेर एक महिलाको मृत्यु >> रुकुम पश्चिममा जनयुद्ध दिवस मनाउन सार्वजनिक विदा >> बुधबार रानीमहलमा अन्तर-प्रदेश बैठक >> लखन कपमा द एक्स विजयी >> अमेरिकामा फेरी ठोक्किए दुइ बिमान, १० दिनमा अमेरिकामा चौथों बिमान दुर्घटना >> सुन तोलाको ६ सय रूपैयाँले बढयो >> सामाजिक सञ्जाल विधेयक फिर्ता लिन सुमना श्रेष्ठको माग >> सडक दुर्घटनाका कारण र समाधानका उपाय >> विश्व सुरक्षित इन्टरनेट दिवस,प्रविधिको दुरुपयोगले बढाउँदै विकृति >> विद्युतको तार सर्ट हुँदा आगलागी, लाखौंको क्षति >> दाताले हात झिक्दा थलामा सशक्तिकरण कार्यक्रम >> बिपद प्राधिकरणको सिईयो नियुक्तिमा बिज्ञतालाई ध्यान दिन सरोकारवालाको जोड >> प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ? >> माओवादी घटकहरूबीच एकता हुँदै : कृष्णबहादुर महरा >> ३ प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना >> लुम्बिनी च्याम्पियनसिप फुटबलमा एसएसएफएको विजयी शुरुवात >> छविलाल बन्जाडे जोसीलाई  पुर्पक्षका लागि थुनामा पठाउने आदेश  >> अवरुद्ध घोराही तुलसीपुर सडक खुल्यो >> यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि सञ्चारकर्मी कार्यशाला >> मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित >> थ्री बाई थ्री एनबिसी बास्केटबल सुरु >> स्वर्गिय रबि गौतमको स्मृतिमा रक्तदान >> राजनीतिक थिचोमिचोका आधारमा एआईजीलाई राजीनामा गर्न लगाइयोः रास्वपा सांसद श्रेष्ठ >> भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी सामानमा भन्सार महसुल घटाउने तयारी  >> प्रधानमन्त्री ओली संविधान खारेज गर्ने पक्षमा रहेको प्रचण्डको आरोप >> अख्तियारको ३४ औं स्थापना दिवसमा मुख्यमन्त्री आचार्य : भ्रष्टाचार अन्त्यका लागि शून्य सहनशीलताको नीति >> भ्रष्टाचारलाई छानविनको दायरामा ल्याउनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड >> मकवानपुरमा ग्यास बुलेट दुर्घटना, सडक एकतर्फी सञ्चालन >> सुनको भाउ तोलामा एक हजार चार सय रुपैयाँ बढ्यो >> भ्रष्टाचारको चक्रब्यूह! >> कपिलवस्तुमा नक्कली सीआईडी बनेर ठगी गर्ने दुईजना पक्राउ

शान्ति समाजद्वारा बुटवलमा सुशासनका लागि नागरिक हस्तक्षेप सम्बन्धी अन्तक्र्रिया

२० जेष्ठ २०८१, आईतवार
२० जेष्ठ २०८१, आईतवार

रुपन्देही, १९ जेठ ।

मानव अधिकार तथा शान्ति समाजको २८ औं स्थापना दिवश बिभिन्न कार्यक्रम गरी मनाइएको छ । समाजको स्थापना दिवशका अवसरमा बुटवलमा पनि सुशासनका लागि नागरिक हस्तक्षेप आवश्यक भन्ने बिषयमा नागरिक सम्वाद कार्यक्रम गरिएको छ । कार्यक्रममा सहभागिहरुले राजनैतिक दलहरु सत्ता स्वार्थमा लिप्त भएको र सुशासन स्थापना गर्न असफल रहेको भन्दै नागरिक समाजको भुमिका आवश्यक रहेको बताए ।

मानव अधिकार, लोकतन्त्र, शान्ति र अहिंसा भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै २०५३ सालमा स्थापना भएको मानव अधिकार तथा शान्ति समाजले पछिल्लो समय सुशासन प्रबद्र्धन र दण्डहिनता अन्त्यका लागि आवाज उठाउदै आएको छ । शनिबार बुटवलमा आयोजित सुशासनका लागि नागरिक हस्तक्षेप आवश्यक बिषयक नाग।िरक सम्वाद कार्यक्रममा सहभागिहरुले राजनैतिक अस्थिरका कारण मुलुकमा आर्थिक सामाजिक लगाएतका क्षेत्रमा बिभिन्न समस्याहरु उत्पन्न भएको बताएका छन् ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले राजनैतिक दल र नागरिक समाज एकताबद्ध भएर सुशासन कायम गर्ने संकल्पका साथ अघि बढेमा भ्रष्टाचार न्युनिकरण गर्न सकिने बताएका छन् । राज्यका बिभिन्न तहका हुने गरेका अनियमिता अन्त्य गरि सदाचार स्थापना गर्न नागरिक समाजको खवरदारी आवश्यक रहेको कुरामा जोड दिँदै नगर प्रमुख खाणले मुलुकमा ब्यबस्था परिवर्तन गर्न एकता र सहकार्य गरेका राजनैतिक दल र नागरिक समाजको एकता र सहकार्य थप आवश्यक रहेको बताए ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका सल्लाहकार गोविन्द खनालले नेपालमा राजनैतिक परिवर्तनमा सहकार्य गरेका शक्ति बिच एकता नहुँदा सुशासन प्रबद्र्धनमा चुनौती थपिएको बताए । स्थापनाकाल देखिनै लोकतन्त्रको सवलीकरणमा जोड दिँदै आएको शान्ति समाजले सुशासन कायम गर्न भ्रष्टाचार र अनियमिताको अन्त्यका लागि अभियान संचालन गरिरहेको खनालले बताए ।
उद्योग बाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, प्रदेश खेलकुद परिषदका सचिव जयप्रकाश भट्टराई, प्रदेश चिकित्सक संघका अध्यक्ष डा.कृष्ण खरेल, पत्रकार महासंघ रुपन्देहीका सचिव बिनोद परियार लगायतले मुलुकमा राजनैतिक स्थिरताको अभाव हुदा आर्थिक सामाजिक क्षेत्रमा समेत असर परेको बताए ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति कृष्णप्रसाद भट्टराई, नेपाली काँग्रेसका क्षेत्रिय सभापति प्रजापाल गिरी, नेकपा माओवादी केन्द्रका महेन्द्र भुसाल, नेकपा माओवादीका शरद ओली, नेकपा एमालेका मेघराघ भट्टराईलगायतले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभुती दिलाउन सरकार असफल भएको भन्दै नागरिक समाजले हस्तक्षेपकारी भुमिका खेल्न आवश्यक रहेको चर्चा गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?