© २०२३
महोत्तरी । विकास निर्माणका कामहरु प्रक्रियाविपरित हुन थालेपछी जिल्ला समन्वय समिती महोत्तरीले ध्यानाकर्षण भएको जनाएको छ ।
अनुगमनको क्रममा विकासका योजनाहरु संचालन गर्दा होडिङ्ग बोर्ड नराखेको र काम सम्पन्न भएका ठाउँहरुमा कच्चा पदार्थ यथास्थितिमा छाडदा दुर्घटनाको जोखिम समेत बढेको समन्वय समितिको ठहर छ ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै समन्वय समितिका संयोजक सुमनलाल कर्णले जिल्लाका सवै पालिकाहरुमा संचालनरत योजनाहरु ऐन, नियमको परिधिमा रहेर काम गर्न सरोकारवालाहरुलाई निर्देशन दिएका छन ।
योजनास्थलमा होडिङ्ग बोर्ड नराख्ने र कुन योजना कति लागतको हो भन्ने समेत नखुलाउदा आम मानिसको सुचनाको हक कुन्ठित भएको संयोजक कर्णको भनाई छ ।
सार्वजनिक सडक ऐन २०३१ को दफा २१ लाई लिएर पनि समितिले ध्यानाकर्षण जनाएको छ । दफा अनुसार विकास निर्माणको योजना सकिएपछी मालसमान उक्त ठाउँवाट निश्चित ठाउँमा बिसर्जन गर्नुपर्ने व्यवस्था छ तर अनुगमनको क्रममा दुर्घटनालाई प्रोत्साहन गर्नेगरी मालसामान यथास्थानमा राखिएको र तत्काल उक्त सामान उठाउन निर्देशन समेत दिईएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी