ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

निःशुल्क नेत्र परिक्षण तथा शैक्षिक सामाग्री वितरण

१९ जेष्ठ २०८१, शनिबार
१९ जेष्ठ २०८१, शनिबार

बुटवल, १९ जेठ । तिलोत्तमा नगरपालिकास्थित विश्व शान्ति आधारभुत विद्यालयका बालबालिकाहरुको निःशुल्क नेत्र परिक्षण तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । तिलोत्तमा आईकेयर बुटवलको प्राविधिक, शाईन रेसुङा डेभलोपमेन्ट बैक लिमिटेडको सहयोग तथा तिलोत्तमा जेसीजको आयोजनामा वृहत कार्यक्रम गरिएको हो ।

तिलोत्तमा जेसीज बर्ष २०२४ का अध्यक्ष महेश शर्मा पौडेल सामाजिक उत्तरदायित्व अन्तरगत विद्यालयमा स्वास्थ्य परिक्षण तथा शैक्षिक सामग्री वितरण गरिएको बताए । युवा नेतृत्व र ब्यक्तित्व विकाससंगै सामाजिक उत्तरदायित्व बहन हुने रचनात्मक काममा जेसिजको भुमिका रहदै आएको उनले दाबी गरे ।

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सन्दिप अग्रहरीले सहयोग सामग्री हस्तान्तरण गर्दै सधै समाज रुपान्तरण हुने गरि काम गर्दै आएको बताए । तिलोत्तमा जेसीजबाट गरिने कार्यक्रमहरु समुदायमा प्रभाव पार्ने खालको हुने गरेको उनले बताए ।

कार्यक्रमका तिलोत्तमा नगरपालिका वडा नं ९ का वडाअध्यक्ष ध्रुव न्यौपानेले संस्थागत रुपमा वडाबासीलाई फाईदा मिल्ने गरि गरिएको कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिए । बास्तविक विपन्न र गरीबीका कारण दैनिक जिविकोपार्जन गर्न नसक्ने विद्यार्थीहरुलाई सहयोग गरेर उदाहरणीय कार्य भएको विद्यालयका प्रध्यानाध्यापक डोलराज पाण्डेले बताए ।

तिलोत्तमा जेसीजका संस्थापक अध्यक्ष सिनेटर विनोद ढकाल, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरि पाण्डे, तिलोत्तमा जेसीजका पुर्व अध्यक्ष विनोद सुवेदी, लोक प्रसाद भण्डारी, निवर्तमान अध्यक्ष प्रकाश गौतम, प्राविधीक देवराज जोसी, दृष्ट्री विशेषज्ञ सुजिता केसी, मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष कृष्ण भट्टराई, चिरन्जीवी बस्याल, महासचिव प्रकाश न्यौपानेले शुभकामना दिए ।

कार्यक्रमा २५० जना विद्यार्थीको आखा परिक्षण तथा शैक्षिक सामाग्री अन्तर्गत झोला कपी डटपेन लगायतका सामग्री वितरण गरिएको कार्यक्रम संयोजक भानु पोख्रेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?