© २०२३
बुटवल,१९ जेठ । बुटवलको इन्द्रेणी वहुउद्देश्य सहकारी संस्थाले विद्युतीय गाडीलाई लक्षित गरी फास्ट चार्जिङ स्टेशन सञ्चालन गर्न थालेको छ । पुर्व पश्चिम राजमार्गबाट बुटवल अन्तराष्ट्रिय प्रदर्शनीस्थलको सय मिटर उत्तरतर्फ सहकारीको कार्यालय रहेको सुख्खानगरमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याउन लागेको हो ।
एक करोड लगानीमा ३ वटा मेशिन जडान गरी जेठ भित्र सञ्चालनमा ल्याउने तयारी गरेको पत्रकार सम्मेलन गरी संस्थाले जानकारी दिएको हो । संस्थाका अध्यक्ष कृष्णप्रसाद अर्यालले तीनवटा मेशिनबाट एकपटकमा ६ वटा गाडी चार्ज गर्न सकिने बताए । गाडी चार्ज गर्दा लाग्ने शुल्क अनलाइनमाध्यमबाट भुक्तानी गर्न मिल्ने गरी सहकारीको कार्यालयमा सफ्टवेयर जडान भएको उनले बताए ।
भविष्यमा आवश्यकता अनुसार चार्जिङ मेशिन थप्न सकिने अध्यक्ष अर्यालले बताए । चार्जिङ स्टेशनसंगै स्तरीय क्यान्टिन पनि सञ्चालन गर्नुपर्ने नियम अनुसार त्यसको पनि तयारी भइरहेको उनले बताए ।
चार्जिङ स्टेशन सञ्चालनपछि सहकारी शेयर सदस्य र विद्युतीइ गाडी प्रयोगकर्ता सबैलाई सहज हुने संस्थाले विश्वास लिएको छ । पहिलो चरणमा गुल्मीका एक बस व्यवसायी समितिसंग ९ वटा गाडी नियमित चार्जिङ गर्ने सम्झौता भइसकेको र अरुसंग पपनि गर्ने प्रकृया चलेको सहकारीका माधव गौतमले बताए । वहुउद्देशयी सहकारीको मानयता अनुसार भविष्यमा कृषि,पेट्रोल पम्प पशुपालन लगायतका काम पनि गर्ने लष्य रहेको उपाध्यक्ष माया गौतमले बताइन् । २०५५ सालदेखि कारोबार शुरु गरेको सहकारीमा अहिले २०४८ सदस्य रहेका सहकारीका नरबहादुर रजालीले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी