ट्रेंडिंग:

>> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै >> दयाहाङ र रिश्मा फेरी एकसाथ, ‘रिमै’ को छायांकन शुरु

युवाहरूको नमुना गाउँसभा

१९ जेष्ठ २०८१, शनिबार
१९ जेष्ठ २०८१, शनिबार

सल्यान, १८ जेठ । युवा नेतृत्व विकास र निर्णय क्षमता निर्माणको लागि सल्यानको छत्रेश्वरी गाउँपालिकामा नमूना गाउँसभा सम्पन्न भएको छ । छत्रेश्वरी गाउँपालिकाको सहयोग, युवाक्लबको आयोजना तथा दलित विकास समाज सल्यान, आइएम स्वीड्स डेभलपमेन्ट पार्टनर लगायतका निकायको समन्वयमा नमुना युवा गाउँसभा संचालन गरिएको हो ।

छत्रेश्वरी गाउँपालिकामा मंगलबारदेखि बिहीबारसम्म चलेको अभ्यासमा प्रत्येक वडाबाट वडा क्लवबाट प्रतिनिधित्व हुनेगरी गरी ३÷३ जनाका दरले ७ वटा वडाबाट जम्मा २१ जना थिए । उनीहरू युवा क्लव गठन तथा नमुना युवा संसद अभ्यास कार्यविधि बमोजिम १६–२४ वर्ष उमेर समूहबाट प्रतिनिधित्व गरेका थिए । कार्यक्रममा युवाहरूले युवा, जीवन र मार्गदर्शन, युवा संसदको अभ्यास र अवधारणा, लोकतन्त्र, लोकतन्त्रमा युवाको भूमिका, लोकतन्त्रमा जनताको शासन, सूचनाको हक, यसको प्रयोगको संवैधानिक एवं कानुनी व्यवस्था, राज्यका अंग र तीनका भूमिका, योजना निर्माणका चरण, योजना तर्जुमाका आधार, लगायतका विविध पक्षहरू बारे जानकारी लिएका थिए । उनीहरूलाई राष्ट्रिय युवा परिषदका प्रशिक्षक युवराज खड्काले प्रशिक्षण दिएका थिए ।

त्यसपछि युवाहरूले नेपालको संविधानले व्यवस्था गरेबमोजिमको स्थानीय सरकारको निर्वाचन, निर्वाचन ऐन बमोजिमको निर्वाचन प्रक्रियमा सहभागी नमुना जनप्रतिनिधिहरू नमुना मतदानमार्फत मताधिकारको उपयोग गरी छनोट गरेका थिए । नमुना मतदान मार्फत गाउँपालिका अध्यक्षमा जीवन बुढाथोकी र उपाध्यक्षमा सीता राना मगर चयन भएका थिए ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सरकार सञ्चालको अभ्यास गाउँ सभामार्फत युवाहरूले गरेका थिए । जसमा आर्थिक वर्ष २०८१/०८२ को नमुना नीति तथा कार्यक्रम, नमुना बजेट, आर्थिक तथा विनियोजन विधेयक तथा स्थानीय युवा परिषद गठन सम्बन्धी विधेयक क्रमश सभा समक्ष प्रस्तुत गरी त्यस उपर छलफल र जवाफको प्रक्रिया पश्चात निर्णार्थ प्रस्तुत गरिएको थियो । छलफलको क्रममा कसैले राम्रो नीति तथा कार्यक्रम ल्याएकोमा सभाध्यक्षलाई धन्यवाद दिएका थिए भने कुनै गाउँ सभा सदस्यले गलत मनासायबाट आएको भनी आलोचना तथा परिमार्जन गर्न सभा मार्फत सभाध्यक्षको ध्यानाकर्षण गराएका थिए । त्यसपश्चात आवश्यक संशोधन सहित सर्वसम्मत पारित गरिएको थियो ।
नमुना अभ्यासपछि सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । सो अवसरमा बोल्दै छत्रेश्वरी गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीले नमुना गाउँसभाको अभ्यासले युवाहरूमा राजनीतिक अभ्याससँगै नेतृत्व क्षमताको विकास हुने भन्दै देश विकासको मुल प्रवाहमा युवाहरूको भूमिका र उनिहरूलाई कृयाशिल र जिम्मेवार बनाउन यसप्रकारका कार्यक्रमले सकारात्मक भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले नमुना गाउँसभाले युवाहरूलाई सामुदायिक विकासमा देखिएका समस्या समाधानका लागि नेतृत्व गर्ने सीप प्रदान गर्ने अपेक्षा व्यक्त गर्दै गाउँपालिकाले युवाहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका थिए । सो अवसरमा नमुना गाउँसभाका अध्यक्ष जीवन बुढाथोकी र उपाध्यक्षमा सीता राना मगरले आफ्नो अनुभव सुनाएका थिए ।

युवालाई राजनीतिमा जिम्मेवार बनाउँदै समाज र राष्ट्रप्रति उत्तरदायी बनाउने, युवालाई देशप्रति जिम्मेवार बनाउने, युवाहरूमा असल चरित्र निर्माण गर्ने, समग्रमा युवाहरूमा नेतृत्वदायी क्षमताको विकास गराउने, भोलिको दिनमा जनप्रतिनिधि हुँदा काम गर्ने शैलि, नीति निर्माण तथा कानुनहरूको जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको युवालयका कार्यक्रम संयोजक शर्मिला थापाले जनाइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?