© २०२३
पाल्पा, १९ जेठ । रामपुर नगरका नारायण प्रसाद भण्डारीलाई विगतको नमिठो यादले सताउँछ । सामान्य परिवारमा जन्मिएका नारायणको शिक्षा पनि सामान्य नै भयो । तर उनको व्यवहारिक शिक्षा अर्थात व्यवसाय भने उँचो छ । आफ्नै कमाईमा रमाइरहेका उनलाई आफन्त टोल छिमेकले मात्र नभई स्थानीय शैक्षिक व्यक्तित्वले समेत खुलेरै प्रशंशा गर्दछन । फस्टाउँदो बाख्रा फार्मले आम्दानी त दिएको छ नैं उनी समाजमा उदारहण दिने व्यक्ति समेत बनेका छन् ।
आर्थिक अभावका कारण विद्यालय शिक्षा पनि पुरा गर्न नपाएका कारण उनी काम र दामसँगै रमाउने भनेर भारतको गोवा पुग्दा भारतको अगाडि सानो कदको नेपाली केटा भनेर गाडीमा हेल्परको काम गर्न पो भन्यो । जसोतसो भारतमा ९ वर्ष बित्यो । त्यो समयमा उनले सानाठूला सवारीका साधनहरू हाँक्न सक्ने भए । त्यहाँ ठूलो बाख्रा फर्म रहेछ त्यहीँ फर्मका बाख्रा घाँस जस्ता दाना औषधी जस्ता ढुवानी गर्दा ९ वर्ष बित्यो । भारतबाट फर्किएपछि साउदी मुलुकमा जान मन लाग्यो । आफूसँग भएको सिप भनेको गाडी चलाउने हो । गाडी चलाउन भनेरै साउदी र कतारमा उनी पुगेको बताउँछन ।
साउदी अरबमा समेत उनलाई संयोग नै त्यस्तै भयो । सुख्खा मरुभूमि हरियो र चिसो भन्ने कहीँ कतै छैन । हरियो वनस्पती भन्ने त छँदैछैन । तर पनि व्यवसायिक बाख्रा फार्म संचालन हुँदो रहेछ । उनी कामको खोजीमा भौतारिँदा त्यस्तै बाख्रा फार्मको चालक भएछन सुख्खा र कहीँकतै हरियाली नै नभएको ठाउँमा बाहिरबाट आयातित घाँस बाख्रालाई खुवाउँदा आफूले आफ्नो जन्मभूमिलाई संझिएको बताउने उनी भन्छन यो दृश्यले नै व्यावसायीक बनायो । तिन वर्ष सम्म बाख्रा फार्ममा काम गर्दा बाख्राको खोर, दाना घाँसको व्यवस्थापन कसरी गर्ने भन्ने भन्ने विषयमा राम्रो अनुभव बटुल्दा तिन वर्ष बितेको पत्तै भएन ।
विदेशलाई माया मारेर घर फर्केका उनी बाख्रा पालन वा गाडी आफै किनेर चलाउने सोंच र उद्देश्य बोकेर फर्किएका भण्डारी भन्दछन्, बाख्राले भन्दा गाडीले मन जित्यो र २० लाख खर्चिएर तानसेन रामपुर सडक खण्डमा चल्ने जिप किनेर चलाएका नारायणलाई गाडी प्रति परिवारका सदस्यको खुसीका साथ मन्जुरी नै थिएन । आफूले ६ वर्ष सम्म जिप चलाउँदा परिवारका दिन काट्न र २, ४ पैसाका लागि कुटानी पिसानीको मिल राखिदिएका थिए । २ वर्ष अगाडि गाडी बिक्रीबाट २ बटा वोयर जातको बाख्रा, खोरको व्यवस्थापन गरेका नारायण अहिले ७० वटा बाख्रा खोरमा छन । २/२ वटा पाठीलाई २ हजार रूपैयाँ खर्चिएर किनेका नारायण भन्दछन त्यसैबाट जन्मिएको पाठालाई ९ महिनामा २२ /२२ हजार रूपैयाँमा बिक्री गरेका नारायणको खुसीको सीमा नै रहेन । बाख्रा त राम्रो व्यवस्थापनसँग पालेको खण्डमा नगदेबाली जस्तै रहेछ । मेहनतको फल राम्रो नै हुँदो रहेछ । नारायणको श्रीमती भगवती भन्छिन्, महिनाको एक लाख रूपैयाँ कमाउन त्यति गाहे छैन् । राम्रोसँग घाँस, दाना, फराकिलो ठाउँमा खेल्ने व्यवस्थापन र समय समयमा जुका तथा अन्य औषधीहरू दिएमा बाख्रा सप्रिने रहेछन् ।
भारतमा जागिरे, साउदीमा ड्राइभर, गाडी र अन्तिममा बाख्रा पालन गर्दा सबैको आलोचना सहन परेको थियो । आफन्तले समेत कुरा काटेको अहिले संझना भएको छ । वरपर आफन्त, टोल छिमेकलाई खसी बोकाको आवश्यकता पर्दा सम्झने गर्दछन् । हिजो कुरा काट्नेहरूले आज सम्मान गर्दछन । पेशा वा व्यवसाय भन्ने सानो ठूलो भन्ने नै हुँदैन । हाम्रो समाज आज पनि दुःख पर्दा हेप्ने होच्याउने नै हो । पहिले पहिले बाख्राको गोठालो भन्नेहरूले आज बाख्रा फर्म संचालक भन्दछन । बाख्रापालन गर्दा मल समेत राम्रो सँग हुन्छ । आफूलाई बढि भएको बाख्राको मल बिक्री गर्दा पनि वर्षमा २ /३ लाख रूपैयाँ भएको भगवती भण्डारी सुनाउँछिन ।
विदेशबाट फर्कीएपछि आफै घर आँगनमा केही उद्यम गर्नुपर्दछ भनेर बाख्रापालन गरेका भण्डारी दम्पती भन्दछन संघिय तथा प्रदेश सरकारले ल्याएको केही अनुदानमुखी कार्यक्रम प्रभावकारी नै भएन र हँुदैन । अहिले सम्म सत्ता र शक्तिको आडमा एक दुई वटा मात्र बाख्रापालन गरेका व्यक्तिले सरकारी अनुदान हात पर्दा आफूलाई चित्त दुखेको भण्डारी दम्पती बताउँछन । हालसम्म सरकारले उपलब्ध गराएको अनुदान हात परेको छैन । विगतमा सरकारले ल्याएको अनुदान रकमबाट खोर बनाएर बाख्रा पाल्नेहरूको खोरमा यतिखेर बाख्रा नै छैनन् । ३० लाख रूपैयाँ खर्चिएर बाख्रापालन गरेका भण्डारी भन्दछन विदेश नगएको भए आज यो अवस्था हुने नै थिएन, विदेश गएर धेरै कुरा सिकियो । देखियो तर स्वदेश मै केही गर्छु भन्नेहरूलाई अनुकूल वातावरण नभएको उनी बताउँछन ।